आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार सम्म ६० वटा निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइको काम सकिएको हो ।
उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला–जिल्लामा मतपत्र पठाउने तयारी गरेको आयोगले प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने निर्णय गरेको छ ।
समानुपातिकतर्फको २ करोड ४ लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू भएको थियो ।७२ लाख ६० हजार मतपत्र छपाईको काम सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार सम्म ६० वटा निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइको काम सकिएको हो ।
उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला–जिल्लामा मतपत्र पठाउने तयारी गरेको आयोगले प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने निर्णय गरेको छ ।
समानुपातिकतर्फको २ करोड ४ लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू भएको थियो ।