Call Us

9849242474

Our Location

Putalisadak, KTM

निर्वाचन आयोगको आग्रहमा दुर्गा प्रसाईं पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् छन् । प्रसाई विरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई शुक्रबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।


आयोगले प्रसाई विरुद्ध प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४को दफा ४७ बमोजिमको कसुर गरेको भन्दै प्रहरीलाई पत्राचार गरेको थियो र सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

निर्वाचन आयोगबाट आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार भएर पक्राउ परेका प्रसाईलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको प्रहरीले कारवाहीको प्रावधान भने उल्लेख गरिसकेको छैन ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS