राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
यसका लागि मूल समारोह समिति समेत गठन गरेको बैठकले फागुन ६, ७ र ८ गते प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
तीन दिनसम्म देशभर र विदेशका नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिने मूल समारोहको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गरिनेछ ।
२००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले हरेक बर्ष मनाउँदै आएको प्रजातन्त्र दिवसको चिव मूल समारोह समिति सदस्य गृह मन्त्रालयका सचिव रहने छन् ।
समारोह समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाण्डौ उपत्यकाका सबै नगरपालिकाका मेयरहरु, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य रहेका छन् ।



