निर्वाचन आयोगले मतदाता शिक्षाका लागि वडा स्तरिय स्वयंसेवक परिचालनको निर्णय गरेको छ । आयोगले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा स्वयंसेवक खटाउने भएको हो ।
जिल्ला निर्वाचन कार्यालय मार्फत खटिने वडाका स्वयंसेवकहरुलाई मतदाता शिक्षा दिने स्वयंसेवकको छनोट र नियुक्ति गरेर सातै प्रदेशमा आउँदो फागुन ३ गते अनुशिक्षण दिने गरी तयारी भएको छ ।
आयोगका अनुसार बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति प्रक्रिया सुर भएको छ ।
देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वटै वडामा अनुशिक्षणपछि खटाईने बताएको आयोगले गते माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ ।
Post Views: 29



