विश्वव्यापि सामाजिक अभियानमा रहेको भिजन क्लबस् ईन्टरनेशनलले नुवाकोटको हिल्चे आधारभूत बिद्यालयमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । क्लबस्को नेपाल स्थित केन्द्रिय शाखा भिजन क्लब अफ काठमाडौंले जनवरी ९ तारिक शुक्रबार नुवाकोटको शिवपुरी १ तलाखु स्थित हिल्चे आधारभूत स्कुलमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको हो ।

संस्थाका शिर्ष पदाधिकारिहरु अध्यक्ष राज कृष्ण श्रेष्ठ, उपाध्यक्ष जीवन श्रेष्ठ, कोषाध्यक्ष जयराज श्रेष्ठ, सदस्य रमेश मल्ल, सदस्य शैलेश थापा, सदस्य सूर्यबहादुर श्रेष्ठ, सदस्य प्रविन कारणजित ,सदस्य यादव श्रेष्ठ, सदस्य गणेश श्रेष्ठ, सदस्य राजकुमार श्रेष्ठ र कृष्णकुमार श्रेष्ठको प्रत्यक्ष उपस्थितिमा सम्पन्न शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक शिक्षिका र बालबालिकाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

५३ जाना विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरेको संस्थाले विद्यार्थिका लागि अत्यावश्यक शैक्षिक सामग्री पनि संगै वितरण गरेको थियो । जाडो बढेसंगै बालबालिकालाई पर्न सक्ने स्वास्थ्य समस्या र मानसिक प्रभावलाई ध्यानमा राखी शैक्षिक सामग्रीसंगै न्यानो कपडा वितरण गरेको संस्थाले यस अघिका बर्षहरुमा पनि जाडो महिनामा विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा सहितको शैक्षिक सामग्री वितरण गर्दै आएको छ ।

सन् २०२१ अगस्ट ११ तारिकका दिन न्यूयोर्कबाट आफ्नो औपचारिक सेवा यात्रा सुरु गरेको भिजन क्लबले स्थापनाको छोटो समयमा नै सकारात्मक छवि स्थापित गर्न सफल नाम हो । बालबालिकालाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण देखी बृद्धाश्रम, खेलकुद क्षेत्र, स्वास्थ्य, संगीत, कला, संस्कृति सम्मका क्षेत्रसम्म सहयोग हस्तान्तरण गर्दै आएको क्लबले व्यक्तिगत सहयोग पनि ठुलो संख्यामा गर्दै आएको छ ।




फोटो सौजन्य: कृष्ण श्रेष्ठ



