Call Us

9849242474

Our Location

Putalisadak, KTM

न्यूयोर्क हुँदै विश्वव्यापि सामाजिक यात्रामा भिजन क्लबस्: सन् २०२५ लाई फर्केर हेर्दा

सुष्मा देवकोटा


अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलसंग म सन् २०२३ वाट आवद्ध छु । सम्पादकिय हैसियतमा एक दशक लामो समय अमेरिकाका नेपाली समुदाय संवद्ध रहेर पत्रकारिता गर्दा मैले विभिन्न समाजिक संघ संस्थाका उदेश्य र योजनासंग साक्षत्कार हुने मौका पाएँ, सोहि मौकाले दिएको अर्को महत्वपूर्ण अवसर र चुनौती दुवै थियो भिजनसंगको सहकार्य ।

सन् २०२१ अगस्ट ११ तारिकका दिन न्यूयोर्कबाट आफ्नो औपचारिक सेवा यात्रा सुरु गरेको भिजन स्थापनाको छोटो समयमा नै सकारात्मक छवि स्थापित गर्न सफल नाम हो । संस्थागत पारदर्शिता, स्पष्ट उदेश्य र सामाजिक सेवाप्रादायक योजना र संस्थाका पदाधिकारी तथा सदस्यहरुको आपसी एकताका कारण प्रभावकारी योजना सफल देखिन्छन् । विवाद रहित छवि सहित सहज वातावरणमा विभिन्न शिर्षकहरुमा सामाजिक कामहरु गर्दै आएको संस्थाले अमेरिका लगायत नेपाल, अष्टेलिया युके साउदी अरेविया लगायतका नेपाली बाहुल्य राष्ट्रमा सदस्यता प्रदान गरिसकेको छ भने अन्य राष्ट्रका सम्बन्धमा पनि आन्तरिक छलफलहरु हुँदै आएका छन् ।

अन्य सामाजिक संस्थाको ठुलो रकम नेपालबाट बाहिर जाने गरेको भएपनि भिजनले अमेरिका लगायत नेपाल बाहिर संकलित सबै रकम नेपालको सामाजिक काममा लगउने उदेश्य राखेको छ । जस अनुरुप तुलनात्मक रुपमा संस्थाले छोटो समयमा नै धेरै महत्वपूर्ण सामाजिक कामहरु सम्पन्न समेत गरिसकेको छ ।

बालबालिकालाई शैक्षिक सामग्री, न्यानो कपडा वितरण देखी बृद्धाश्रम, खेलकुद क्षेत्र, स्वास्थ्य, संगीत, कला, संस्कृति सम्मका क्षेत्रसम्म सहयोग हस्तान्तरण गर्दै आएको क्लबले व्यक्तिगत सहयोग पनि ठुलो संख्यामा गर्दै आएको छ ।

नेपालको कला, साहित्य, संगीत क्षेत्रमा समेत सहजिकणको वातावरण सृजना गर्ने लक्ष्यमा रहेको भिजनले सन् २०२५ कि मिस नेपाल नर्थ अमेरिकाकी बिजेता दिया श्रेष्ठलाई भिजन क्लवस ईन्टरनेशनलको सद्भावना दूत ( good will ambassador ) नियूक्त गरेको छ भने चर्चित व्याण्ड नेपाथ्यको कन्सर्टमा समेत सहकार्यमूलक सहयोग गरेको थियो ।

स्थानिय सरकारसंगको प्रत्यक्ष्य सहयोगमा नेपालका विभिन्न जिल्लाहरुमा सेवा प्रदान गर्दै आएको संस्थाको मुख्यालय अमेरिककाको न्यूयोर्कमा रहेको छ भने नेपालको केन्द्रिय कार्यलय काठमाडौंको गोकर्णेश्वरमा रहेको छ । संस्थागत कार्यक्रमहरुमा नगरप्रमुख दिपक रिसाल, उप-प्रमुख सान्नानी लामा लगायतका शिर्ष पदाधिकारीको प्रत्यक्ष उपस्थिती रहँदै आएकाले पनि संस्थाले गोकर्णेश्वर क्षेत्रमा थप सेवा विस्तारका कार्यक्रमहरु गर्दै आएको देखिन्छ ।देशका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तिहरुको योगदानको कदर स्वरुप थप हौसलाका लागि नगद सहित सम्मान प्रदान समेत गर्ने लक्ष्य राखेकाले विभिन्न क्षेत्रका व्यक्ति संस्थागत रुपमा सम्मानित हुँदै आएका छन् ।

गत जुलाईमा भारतमा सम्पन्न एमएमए(MMA) प्रतियोगीतामा भारतका चोंगरेंग कोरेनलाई तेश्रो राउंडमा नकआउंटद्वारा पराजित गर्दै च्याम्पिएन बनेका नेपालका रबिन्द्र ढाँटलाई एक समारोहका विच हौसला स्वरूप नगद रू। १,००,५५१ (एक लाख पांच सय एकाउंन्न) सहित सम्मान गरेको संस्थाले गोकर्णेश्वर न पा ४ तालिञ्चोक निवासी आन्द्रा क्यान्सर बिरामी राजेश श्रेष्ठको उपचारार्थ परिवारलाई ४०,००० रुपैयाँ पनि सन् २०२५ मा हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य क्षेत्रमा यस बर्ष पनि विभिन्न कार्यक्रमहरु गरेको संस्थाले हरेक तीन तीन महिनामा गर्दै आईरहेको नियमित रक्तदान कार्यक्रम अन्तरगत यस बर्ष पनि उल्लेखनिय उपलब्धि हासिल भएको देखिन्छ । नेपाल मेडिकल कलेज रक्त सञ्चार शाखाको प्राविधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल स्थित श्री ओख्रेनी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका २३७ जना विद्यार्थीहरु र ७ जना शिक्षिकाहरु समेत जम्मा २४४ जनाको रक्तसमूह परिक्षण गरेको थियो भने सोही योजना अन्तरगत गोकर्णेश्वर नगरपालिका वडा नं ४ पाटीचौर स्थित गोकर्ण मा।बि का ७५ जना विद्यार्थीहरूको रक्त समूह परिक्षण कार्य सम्पन्न भएको थियो ।

हरेक दुई बर्षमा दोस्रो क्षेत्रिय सम्मेलनको प्रतिवद्धता व्यक्त गरेको भिजनले पहिलो क्षेत्रिय सम्मेलन टर्किको ईस्तानबुलमा सम्पन्न गरेको थियो भने गत अक्टोबर ११ तारिकका दिन बैंकक स्थित प्रिन्सटन होटलमा यसै बर्ष आफ्नो दोस्रो क्षेत्रिय सम्मेलन सम्पन्न गरेको छ ।

यसै बर्ष क्लबस्को काठमाडौं चार्डरले पोखरामा तेश्रो बार्षिक साधारणसभा सम्पन्न गरेको छ भने नगरप्रमुको उपस्थितीमा आफ्नो तेस्रो वार्षिक स्थापना दिवस पनि मनाइएको थियो । भक्तपुरस्थित सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण अस्पतालमा उपचाररत एक मृगौला पीडित बिरामिका लागि आर्थिक सहयोगको प्रतिवद्धता, विभिन्न निकायमा संस्था नविकरण सम्बन्धमा निर्णय र क्लबको आर्थिक गतिविधिबारे महत्वपूर्ण निर्णयलाई तेस्रो साधारण सभाका महत्वपूर्ण निर्णयका रुपमा हेर्न सकिन्छ ।

नेपालमा हरेक बर्ष सामना गर्नु पर्ने प्राकृतिक प्रकोपका पिडित र विपन्न परिवारलाई आर्थिक तथा आवश्यक सामग्री गर्दै आएको आएको क्लबले मन्सूनी बर्षात सुरु हुदै गर्दा विभिन्न स्थानमा हुनसक्ने बिपदलाई मध्यनजर राख्दै प्रहरी बृत्त बालाजुलाई बिपद ब्यवस्थापन सम्बन्धि उद्धार सामग्री उपकरणं समेत हस्तान्तरण गरेको छ ।

सहयोगको आवश्यकता हेरी तत्काल सेवा पुर्याउंने विश्वव्यापी सामाजिक अभियानमा रहेको क्लवसले विभिन्न धार्मिक पर्वहरुमा मन्दिर परिसरमा हुने फोहर व्यवस्थापनमा प्रत्यक्ष सहयोग गर्दै आएको छ । जस अन्तरगत कुशे ओंशीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिरमा प्रदान गरिएको मानविय सेवालाई पनि लिन सकिन्छ । उसो त भिजनले यसै बर्ष काठमाडौको पुर्बी भेग कोलमती स्थानमा रहेको एक मात्र लक्ष्मी ह्यग्रीब मन्दिर गौशालामा भएको बिशुद्ध स्थानीय गाईको लागि आहार हस्तान्तरण पनि गरेको थियो ।


सेवा नै धर्म हो, सेवा नै कर्म हो ‘मुल नारालाई आत्मसात गर्दै गोकर्णेश्वर ४ स्थित स्वस्थ समाज नेपाल संस्थामा रहेका बौद्धिक अशक्त बाल बालिकाको लागि खाद्य सामग्री वितरण गरेको क्लबसले साँखु सलम्बुटार स्थित द्वन्द पीडित तथा अपांग समाज नेपालमा आश्रित ब्यक्तिहरुलाई भोजन वितरण गरेको थियो ।

भिजन कलबस् ईन्टरनेशनल र काठमाडौं शाखाको संयुक्त आयोजनामा यसै बर्ष फ्लेकजोन बेकरी तथा क्याफेको संयोजकत्वमा (तीन हप्ते) बेकरी तथा बरिष्ता (कफि मेकिङ) प्रशिक्षण कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको थियो ।

स्थापनाको सुरुवाती समयबाट नै नेपालका सबै क्षेत्रमा सेवा विस्तारको प्रतिवद्धता व्यक्त गरेको संस्थाले तुलनात्मक रुपमा थुप्रै महत्वपूर्ण कामहरु गरेको छ । आफ्ना सामाजिक गतिविधिका बारेमा आधिकारिक व्यवसाईट र अन्य सामाजिक सञ्जाल मार्फत गराउँदै आएको छ ।

सन् २०२५ मा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विद्यालयलाई कम्यूटर हस्तान्तरण, तनाव व्यवस्थापन प्रशिक्षण लगायतका मानविय तथा सामाजिक क्षेत्र संवद्ध महत्वपूर्ण कामहरु पछिल्लो एक बर्षमा सम्पन्न गरेको देख्न सकिन्छ । संस्थाले शनिवार मात्रै काठमाडौको रमणिय पर्यटकिय स्थल जहरसिंह पौवाको टावर डाँडामा पारिवारिक भेटघाट सहितको बृहत बनभोज कार्यक्रम पनि सम्पन्न गरेको छ ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS