सिड्नी, अष्ट्रेलिया ।
२०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना एबम चाड पर्बहरु मनाउदै आइरहेको थारु सोसाइटी सिडनी अष्ट्रेलियाले बिगतका पॅाच वटा माघी पर्बको निरन्तरता सहित यस बर्षको माघी पर्ब पनि बिबिध कार्यक्रम सहित अष्ट्रेलियाको सिडनीमा हर्ष उल्लासका साथ मनाउदै छ ।
सोसाइटीका तर्फबाट पब्लिक अफिसर अरुण आर्यन चौधरी दिएको जानकारी अनुसार कार्यक्रम आउदो जनवरी १५ विहिवार (थारु सम्बत २६४९ , माघ १/माघे सक्रान्ति) का दिन सॉझ ५ बजे देखि रात १० वजे सम्म ईन्द्रेणी फंक्सन सेन्टर रकडेलमा हुदैछ ।

गायक सविन चौधरीको प्रस्तुती संगै थारु रिति रिबज अनुसार लाठी नाच, झुमरा नाच, थारु रैम्प, वाक आदी नृत्य, थारू परिकार र खानपिन सहितको सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटी अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ। कार्यक्रमको प्रवेश शुल्क $२५ तोकिएको छ।
कार्यक्रम संबन्धि थप जानकारीका लागि अरुण आर्यण चौधरीलाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई 0411688798 सम्पर्क गर्न अनुरोध गरिएको छ।




