Call Us

9849242474

Our Location

Putalisadak, KTM

न्यूयोर्कमा मुख्यालय,काठमाडौंमा बनभोज: भिजन क्लबको बनभोजमा मेयर देखी बालबालिकासम्म

सुुष्मा देवकोटा\ काठमाडौं,१४ पौष

अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको भिजन क्लबस् ईन्टरनेशनले डिसेम्बर २७ तारिक अर्थात पुस १२ गते काठमाडौंको प्रसिद्ध रमणिय स्थल जहरसिंह पौवाको टावर डाँडामा आयोजना गरेको पारिवारिक बनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

संस्थाका राष्ट्रिय तथा अन्तराष्टिय पदाधिकारि तथा सदस्यकोे सहभागिता रहेको बनभोज कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल सहित संस्था संवद्ध पदाधिकारिका पारिवारिक सदस्यहरुको उत्साहजनक उपस्थितीविच सम्पन्न भएको हो ।

संस्थाको पूर्व निर्धारित कार्यतालिका अनुसार विहान ८ बजे गोकर्णेश्वर मन्दिर परिसरमा भेला भएर जहरसिंह पौवाका लागि हिँडेको पिकनिक बसमा कपाल फुलेका बृद्ध बा आमा देखी स्कुले बालबालिकाहरुका चढेका थिए । विश्वव्यापि मानविय सेवा र सामाजिक उत्तरदायित्वको लक्ष्य सहित विभिन्न शिर्षकमा कार्यक्रमहरु गर्दै आएको भिजन क्लबले संस्था र परिवार विच परिचयात्मक वातावरण सृजना गर्ने उदेश्यले बनभोज कार्यक्रमको आयोजना गरेको हो ।

सामाजिक संघ संस्थामा आवद्ध रहिरहनका निम्ति पारिवारिक सदस्यको सहयोग र साथको आवस्यकता रहने हुँदा समाजसेवीका परिवार सदस्यले सम्वन्धित संघ संस्थामा प्रत्यक्ष सहभागिता जनाउनु र थप जानकारी राख्नु पर्ने छलफल पश्चात आयोजित शनिबारको बनभोज कार्यक्रममा सहभागि बालबालिका देखि बृद्ध बृद्धा सम्मको सहभागिताले सकारात्मक सन्देस समेत दिएको छ ।

बनभोज कार्यक्रमा सहभागी गोकर्णेश्वरका मेयर दिपक रिसालले बनभोज कार्यक्रम सहित भिजन क्लब ईन्टरनेशनललाई सफलताको शुभकामना दिएका थिए भने संस्थाका शिर्ष पदाधिकारी राजकृष्ण श्रेष्ठ, जीवन श्रेष्ठ लगायतले पारिवारिक बनभोजको उदेश्यमाथि प्रकाश पारेका थिए । युके प्रतिनिधि, बृद्ध सदस्य लगायत बनभोजको म्यूजिकल चियर कार्यक्रम अन्तरगतको प्रतिस्पर्धात्मक खेलमा बिजयी बालक लब श्रेष्ठलाई प्रोत्साहन रकम सहित बनभोज कार्यक्रमा सम्मान गरिएको थियो ।

स्थानिय सरकारसंगको प्रत्यक्ष सहकार्यका उल्लेखनिय समाजिक कामहरु गर्दै आएको भिजन क्लबको बनभोज कार्यक्रममा यूके देखि सिन्धुली गोरखा लगायतका जिल्लामा रहेका संस्था संवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नाचगान, म्यूजिकल चिएर, घैंटो फूटाउने खेल लगायतका मनोरञ्जनात्क कार्यक्रम रहेको बनभोज साँझ ५:३० बजेसम्म चलेको थियो । बनभोजमा सहभागीहरुलाई तोकिएको निर्धारित स्थल सम्म बनभोजकै बसले फिर्ता गरेकाले सहज वातावरणमा बनभोज समापन भएको थियो ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS