Call Us

9849242474

Our Location

Putalisadak, KTM

एमालेको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडक अवरोध


एमालेको प्रदर्शनका कारण काठमाण्डौको माइतीघर–बबरमहल सडकमा अवरोध भएको छ । शनिवार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेको हो ।

भदौ २३ र २४ गतेको आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरीले हिजो पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा विभिन्न जिल्लामा विरोध प्रदर्शन गरिरहेको एमालेले आईतबार माइतीघर मण्डलबाट नाराबाजी गर्दै बानेश्वरतर्फ अघि बढेको थियो । हिँडेका प्रदर्शनकारीलाई प्रहरीले एमालेका केन्द्रीय स्तरका नेताहरू समेत सहभागी काठमाण्डौको प्रदर्शनलाई प्रहरीले बबरमहलबाट अघि बढ्न रोकेको थियो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै नेता कार्यकर्ताले प्रदर्शन सुरु गरेपनि नव निर्वाचित सरकारले अभियोग भित्र परेका नेता तथा मन्त्रिहरुलाई कारवाहीको प्रकृयामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS