गजलकार भूपेन्द्र महतको नयाँ गजल ‘हल्ला‘ सार्वजनिक भएको छ । संगीतकार गैरे सुरेशको संगीत तथा गायिका रिमा गुरुङ्ग होडाको आवाजमा रहेको ‘हल्ला‘ गजल संगीतकार स्वयंको यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो । भिडियोमा कृति तामाङ्ग, रविना कार्की र सजन नेपालको मुख्य अभिनय देख्न सकिन्छ ।
गजलको संरचनात्मक र पारम्परिक मेहफिललाई समेत दर्शाईएको यस गजलको भिडियोमा अर्केष्ट्रा प्रस्तुतिलाई केन्द्रिय रुपमा राखिएको छ । एपिएफ अर्केष्ट्रा समुहको प्रस्तुति रहेको भिडियोमा देव राई, सम्पूर्ण लामा, बिपु श्रेष्ठ लगायको प्रत्यक्ष बाध्य वादन देख्न सकिन्छ ।
अर्जुन न्यौपानेको छायाँकनमा निर्माण भएको भिडियोलाई सन्दिप भुजेलले निर्देशन गरेका हुन् भने सम्पादन आर्यन पोख्रेलको रहेको छ ।
निर्देशक भुजेल स्वयंको कोरियोग्राफी रहेको भिडियोका कन्सेप्ट क्रियटर अविनाश श्रेष्ठ हुन् । मेघराज धिमाल प्रोडक्सन म्यानेजर रहेको ‘हल्ला‘ गजलको भिडियोलाई पि प्रोडक्सन ग्यालरी हाउसले बजारमा ल्याएको हो ।


