सुष्मा देवकोटा \ काठमाडौं २९ चैत्र
काठमाडौंको नयाँ बानेश्वर स्थित मोर्डन कन्या मन्टिपल कलेजद्वारा आयोजित नयाँ बर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

बरिष्ठ साहित्यकार तथा मोर्डन कन्या मन्टिपल कलेजका संस्थापक डा.राम प्रसाद दाहालको सभाध्यक्षतामा चैत २८ गते शनिबार विहान आयोजित शुभकामना आदान प्रदान तथा नयाँ बर्षको क्यालेण्डर सार्वजनिकरण कार्यक्रम विभिन्न क्षेत्रसंवद्ध चर्चित व्यक्तिहरुको उल्लेखनिय सहभागिता माझ कलेज प्राङ्गणमा सम्पन्न भएको हो ।

नयाँ बर्षको पूर्व सन्ध्या पारेर आयोजित कार्यक्रम पानसमा दिप प्रज्वलन गरि आरम्भ गरिएको थियो भने साहित्यकार तथा कलाकारको शुभकामना सहितका विभिन्न साँगीतिक तथा साहित्यिक प्रस्तुतीले मेहफिलमय वातावरणमा सम्पन्न भएको थियो । साहित्यिकारले सृजना वाचन र कलाकर्मीले गायन मार्फत नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए । विहान ८ बजेबाट सुरु भएको सृजनात्मक शुभकामना आदनप्रदान कार्यक्रममा विमोचित नयाँ बर्षको क्यालेण्डर, बर्ष २०८२ मा भएका महत्वपूर्ण कामहरुका तस्विर अंकित रहेको छ ।

समाज सेवी दिपिका शाह, राधा दाहाल, सुवर्ण गौतम, गायिका ऋतु कणेंल, अन्जु गौतम, साहित्यकार, राधा कार्की,, ईन्दिरा ढकाल, सुनिता केसी पोेखरेल, चर्चित कलाकार रश्मि भट्ट, परितोषिका पन्त, प्रा, मुकुन्द दाहाल, लगायतको उपस्थिती रहेको कार्यक्रममा साहित्य तथा कला संवद्ध संचारकर्मीको उल्लेखनिय सहभागिता रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मोर्डन कन्या कलेजमा मानविकि, व्यवस्थापन, शिक्षा शास्त्र लगायत विभिन्न संकायहरुमा अध्ययन अध्यापन हुँदै आएको छ । नेपालका शहरी क्षेत्र देखि ग्रामिण बस्ति सम्मका बिद्यार्थीहरुलाई शैक्षिक सेतुका रुपमा समेट्दै आएको कलेजमा बिद्यार्थीको आत्मनिर्भरता केन्द्रित शैक्षिक चिन्तन र व्यवस्थापन रहेकाले झण्डै २ दशक पुरानो यस कलेज विद्यार्थीहरुको आकर्षण बन्दै आएको छ ।



