तस्बिर : रासस
यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट वैदेशिक रोजगारबाट फर्केका ७ वटै प्रदेशका युवा उद्यमी एकसाथ पुरस्कृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा एकसाथ ८ जना युवा उद्यमी सम्मानित भएका हुन् ।
मन्त्री शरतसिंह भण्डारीको प्रमख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका रविन पोखरेल र राजीव खड्का, मधेस प्रदेशका शङ्कर सिम्खडा, बागमतीका कुमार श्रेष्ठ, गण्डकीका वसन्तबहादुर खड्का, लुम्बिनीका शोभाखर पौडेल, कर्णालीका लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिमका तर्कसिंह विष्टलाई सम्मान गरिएको हो ।
। वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेकाहरूलाई पुरस्कृत गरेको मन्त्रालयले विदेशबाट फर्केर कृषि उद्यम, ट्रेनिङ सेन्टर, पशुपालन, क्याटरिङलगायत व्यवसाय गर्दै आएका व्यवसायिलाई सम्मान गरेको हो ।
Post Views: 117



