Call Us

9849242474

Our Location

Putalisadak, KTM

क्यालिफोर्नियामा आयोजित धार्मिक महोत्सवबाट ७ लाख अमेरिकी डलर संकलन

अमेरिकाको क्यालिफोर्नियामा आयोजित धार्मिक महोत्सवबाट ७ लाख अमेरिकी डलर संकलन भएको छ । नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स)द्वारा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा आयोजित धार्मिक महोत्सवबाट ७ लाख अमेरिकी डलर संकलन भएको हो ।

श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा नामक धार्मिक महोत्सवमा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।

सान फ्रान्सिस्कोमा खरिद गरिएको नेपाली सामुदायिक केन्द्र भवनको बाँकी भुक्तानीका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित महोत्सव ९ दिनसम्म सञ्चालन भएको थियो । नेपालका चर्चित कथावाचक पंडित दिनबन्धु पोखरेलको भागवत कथा वाचन र बौद्ध गुरु तेन्जिङ लामा शेर्पाको बौद्ध शान्ति पूजाले धार्मिक सहिष्णुताको सन्देस दिएको थियो ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS