Call Us

9849242474

Our Location

Putalisadak, KTM

NRNA ICC उपाध्यक्षमा दधिवल खड्काको उम्मेदवारी घोषणा: ‘सबल NRNA र साझा नेतृत्व’


टोकियो, जापान।
गैर-आवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५-२०२७) का लागि जापानलाई कर्मथलो बनाउनुभएका प्रतिष्ठित व्यवसायी एवं समाजसेवी दधिवल खड्काले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। “सबल एनआरएनए, साझा नेतृत्व” र “एनआरएनएको नयाँ दिशा” भन्ने मुख्य संकल्पका साथ उहाँ चुनावी मैदानमा उत्रिनुभएको हो।

लामो समयदेखि एनआरएनएको विभिन्न जिम्मेवारीमा रहेर कुशलतापूर्वक भूमिका निभाउनुभएका खड्काले संस्थाभित्रको आन्तरिक एकतालाई मजबुत बनाउने र आर्थिक तथा प्रशासनिक संयन्त्रलाई पूर्ण रूपमा पारदर्शी तुल्याउने अठोट व्यक्त गर्नुभएको छ। उहाँको चुनावी एजेन्डामा नेपालमा गैर-आवासीय नेपालीहरूको सामूहिक लगानी भित्र्याउन पहल गर्ने, प्रवासमा रहेका दोस्रो पुस्ताका नेपाली युवाहरूलाई संस्थाको मुलधारमा जोड्ने र एनआरएनएलाई थप मर्यादित एवं प्रभावकारी बनाउने विशेष योजनाहरू समावेश छन्।

सांगठनिक रूपमा निकै अनुभवी मानिनुहुने खड्काले यसअघि सन् २०२१-२०२३ मा एसिया प्यासिफिक उप-संयोजक (DRC), सन् २०१९-२०२१ मा आइसीसी सदस्य र सन् २०१७-२०१९ मा एनआरएनए जापानको सल्लाहकारका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ।

व्यवसाय र समाजसेवामा उत्तिकै सक्रिय खड्काले आफ्नो उम्मेदवारीले संस्थामा नयाँ ऊर्जा र व्यावसायिकता थप्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण एनआरएनए अभियन्ता र सदस्यहरूलाई अमूल्य मत दिएर विजयी गराउन विनम्र अनुरोध गर्नुभएको छ। उहाँको उम्मेदवारीसँगै एनआरएनए वृत्तमा नयाँ उत्साह थपिएको छ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS