Call Us

9849242474

Our Location

Putalisadak, KTM

जापानमा सज्जनराज वैद्यको भव्य स्वागत, कन्सर्टको समय तालिकामा परिवर्तन

टोकियो, जापान


नेपाली सुगम संगीतका चर्चित गायक सज्जनराज वैद्य आफ्नो सांगीतिक टोलीसहित जापान आइपुगेका छन्। आगामी मार्च १०, मंगलबारका दिन टोकियोको प्रसिद्ध योयोगी नेशनल स्टेडियममा आयोजना हुन लागेको ‘सज्जनराज वैद्य लाइभ कन्सर्ट’का लागि उनी १५ सदस्यीय कलाकारको टोलीसहित हानेदा विमानस्थलमा ओर्लिएका हुन्।


विमानस्थलमा ओर्लिएका वैद्य र उनको टोलीलाई आयोजक समितिका संयोजक बिरेन्द्र शाही, पत्रकार तिलक मल्ल, डिजे जोन छन्त्याल लगायतको टोलीले भव्य स्वागत गरेका थिए भने बिभिन्न भिडीयो फुटेजहरूमा ब्याण्डले टोकियो मै आफ्नो लाईभको तयारी प्रक्टिस समेत गरेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्थ्यो जापानमा पहिलोपटक आफ्नो ब्याण्डसहित प्रस्तुत हुन लागेका सज्जनको क्रेज नेपाली समुदायमा निकै उच्च देखिएको छ।


समय तालिकामा फेरबदल

यसैबीच, आयोजक समितिले एक विशेष सूचना जारी गर्दै कन्सर्टको समय र अवधिमा केही परिवर्तन गरिएको जनाएको छ। दर्शकहरूको अत्यधिक उत्साह र आयोजकको विशेष अनुरोधमा कन्सर्टको अवधि साढे दुई घण्टाबाट बढाएर ३ घण्टा पुर्‍याइएको छ।
समय थपिएका कारण कन्सर्ट सुरु हुने समयमा पनि परिवर्तन गरिएको छ। यसअघि साँझ ६ बजेका लागि तय गरिएको कार्यक्रम अब १ घण्टा अगावै अर्थात् साँझ ५ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ। समय परिवर्तनबाट पर्न गएको असुविधाप्रति आयोजक समितिले क्षमाप्रार्थी रहेको समेत उल्लेख गरेको छ।


तयारी पूरा, ४ हजार दर्शकको अपेक्षा
योयोगी नेशनल स्टेडियममा हुने यस ऐतिहासिक कन्सर्टमा करिब ४ हजार दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। जिएमटी इन्टरनेशनल क. लि. को मुख्य आयोजना तथा रिलायबल लाईफ इन्स्युरेन्सको मुख्य प्रायोजनमा हुन लागेको यस कार्यक्रमको इभेन्ट पार्टनर येहे रेमिट्यान्स (Yehey Remit) रहेको छ।

त्यस्तै, समुद्रपारि डट कम मिडिया पार्टनर, डिसी क्रियशन प्रोमोशन पार्टनर र डिएनएस कम्पनी हस्पिट्यालिटी पार्टनरका रूपमा जोडिएका छन्। युवा पुस्ताका ढुकढुकी मानिने सज्जनराजको यो सांगीतिक यात्राले टोकियोमा नयाँ तरंग पैदा गर्ने आयोजकको विश्वास छ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS