Call Us

9849242474

Our Location

Putalisadak, KTM

‘आ बाट आमा’ को दोस्रो विशेष प्रदर्शनी फेब्रुअरी २३ का दिन टोकियोमा


बलराम थापा \ फरवरी २२, सिनओकुबो जापान ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा’ को जापानको राजधानी टोकियोमा दोस्रो विशेष प्रदर्शनी (2nd Show) हुने भएको छ। आगामी फेब्रुअरी २३ , २०२६ (सोमबार) का दिन जापानको राष्ट्रिय बिदाको अवसर पारेर यो प्रदर्शनी आयोजना गर्न लागिएको हो। नाकानो जिरो हल (Nakano Zero Hall) टोकियोमा साँझ ६:०० बजेबाट सुरू हुने उक्त बिशेस शो को लागि ३,००० येन रेट दरको टिकट तोकिएको छ ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा तयार भएको यस चलचित्रमा प्रदीप रावत, विपना थापा, पल शाह, साइग्रेस पोखरेल, सिमरन पन्त, उषा उप्रेती र रविन्द्र झा जस्ता प्रख्यात कलाकारहरूको मुख्य अभिनय रहेको छ। “बा आमाले पसिनाले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं, घर रित्तिंदै गयो, पासपोर्ट भरिदैं गयो!” —भन्ने मार्मिक टाईटले चलचित्रमा वैदेशिक रोजगारी बाट सृजीत पारिवारिक विछोडको मार्मिक कथा रहेको सन्देस प्रस्तुत पोस्टरले दर्शाउँछ।

यस चलचित्रको प्रदर्शनीको जापान अधिकार ‘ओम सान्ती ओम इन्टरटेनमेन्ट’ (ईश्वर श्रेष्ठ) ले लिएको छ। भने थप जानकारी वा टिकटका लागि सचिन श्रेष्ठ (09018164767) वा ईश्वर श्रेष्ठ (08034065636) लाई सम्पर्क गर्न सकिने र दर्शकहरूले अनलाइनमार्फत टिकट बुकिङ गर्नका लागि पोस्टरमा रहेको क्युआर कोड (QR Code) स्क्यान गरेर टिकट लिन सक्ने ब्यबस्था रहेको जापान बितरक ईश्वर श्रेष्ठ “भाईजान” ले बताउनुभयो ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS