Call Us

9849242474

Our Location

Putalisadak, KTM

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ अनमोदन

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ अनमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो ।

समितिका सहसचिव निर्मलादेवी लामिछानेका अनुसार समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उल्लेखित नामहरु अनुमोदन गरेको हो ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS