Call Us

9849242474

Our Location

Putalisadak, KTM

प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठक सम्बोधन गर्ने


प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । भदौ १४ गते चीन भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।

बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलमा यसबारे सार्वजनिक जानकारी अनुसार प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम तय भएको छ ।


भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेका प्रम ओली जानुअघि शुक्रबार पछि प्रतिनिधि सभा बैठक उनि भ्रमणबाट फर्कने दिन अर्थात भदौ १८ गते साथै २५,२६ र २७ गते बस्ने तय भएको छ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS