प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सङ्ख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई ठूला दल मिलेर बनेको सरकारले संसद्लाई बिचौलियाको खेलमैदान बनाएको आरोप लगाएका हुन् ।
संसद्लाई बिचौलियाको खेलमैदान बनाइनु देश र नागरिकका लागि लज्जास्पद र खेदजनक भएको बताउँदै उनले दुई ठूला दल मिल्दा जस्तो गरे पनि हुन्छ भन्ने निरङ्कुशतावादी सोच बोकेर अघि बढेको आरोप लगाएका हुन् ।
प्रचण्डले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा चलखेल र हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका प्रचण्डले वर्तमान सरकारले सङ्ख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप पटक पटक लगाउँदै कथित दुई दलको अहङ्कारले सार्वभौम संसद्लाई समेत बिचौलियाहरूको खेलमैदान बनाईएको दोसारोपण गरेका छन् ।



