नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वेदबाट प्रेरित भएको बताएका छन् । वेदमा रहेको ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने वाक्यवाट प्रेरित भएर ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा प्रयोग गर्दै आएको बताएका हुन् ।
झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै ओलीले वेदको भावना अनुसार सबै मानिस सुखी रहून्, कसैले दुःख नपाओस्, डर र त्रासको वातावरण नहोस् र देशभर शान्ति कायम होस् भन्ने आफ्नो चाहना राखेकाले सो नारा प्रयोगमा ल्याएको बताए ।
कम्युनिष्ट राजनितिको मार्ग प्रसस्त गर्दै अघि बढेका ओलीले धार्मिक मान्यता र शास्त्रलाई अघि सार्नुले धेरैको ध्यान तानिएको छ । । ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने मन्त्रले सबै मानिस सुखी र निरोगी रहून् भन्ने सन्देश दिने बताउँदै विश्वमा ज्ञान र सृष्टिसम्बन्धी महत्वपूर्ण योगदान नेपालीका पूर्वजहरूले दिएको समेत दावि गर्न भ्याएका छन् ।



