प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको चौथो अधिवेशन सम्पन्न भएको छ । टेक्सासको ड्यालसमा ३१ मे देखि सुरु भएको दुईदिने अधिवेशनबाट छवि पाण्डेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
सम्पन्न अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी गोपाल कँडेल र डा। थोमस बास्तोलालाई पराजित गर्दै पाण्डे ओएनएफ अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्ष पदबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित अधिवेनबाट उपाध्यक्ष पदमा मैयाँ ढुंगाना, डिबी राउत, गोविन्द खनाल र सञ्जयसिंह केसी निर्वाचित भएका छन् भने सचिवमा बिजयराज भट्टराई तथा उपसचिवमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त, र उपेन्द्र राउत निर्वाचित भएका छन्।
त्यस्तै सदस्य पदमा निर्वाचित हुनेहरूमा क्रमशः अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दीपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गाकुमार आचार्य, गोपी ढुंगाना, प्रकाश बस्नेत, पुन्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन, भुवन अधिकारी, शंकर लिङ्देन, र गणेशप्रसाद पौडेल सर्व सम्मत निर्वाचत भएका छन् ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र सहित बधाई तथा शुभकामना प्रदा नगरिएको थियो ।



