Call Us

9849242474

Our Location

Putalisadak, KTM

बीडीए टेक्सस च्याप्टरको राज्य सम्मेलन सेप्टेम्बर पहिलो साता

अमेरिकामा स्वेच्छिक रक्तदानलाई प्रोत्साहन गर्दै आएको संस्था ब्लड डोनर्स अफ अमेरिका (बीडीए) टेक्सस च्याप्टरले राज्य सम्मेलन आयोजना गर्ने भएको छ । (बीडीए) टेक्सस च्याप्टरले आउँदो सेप्टेम्बर ६ तारिकका दिन टेक्सासको नर्थ रिचल्याण्ड हिल्समा आफ्नो तेस्रो राज्य सम्मेलन गर्ने भएको हो ।


सेप्टेम्बर ६ तारिक शनिबार साँझ ५ बजेदेखि सुरु हुने सम्मेलन नर्थ रिचल्याण्ड हिल्सको रमाइलो इभेन्ट सेन्टरमा आयोजना हुँदैछ । बीडीए टेक्सस च्याप्टरका अध्यक्ष अजय बगालेका अनुसार नेपाली बाहुल्य राज्य टेक्सासमा आयोजना हुँदै गरेको यस सम्मेलनले रक्तदाता र संस्थाविचको आपसी सम्बन्धमाथि सम्मान, संस्थाको नयाँ नेतृत्व हस्तान्तरण, प्रोत्साहन सहितको प्रशंसा कार्यक्रम लगायको लक्ष्य राखेको छ ।

टेक्सस राज्यमा मात्रै संख्यात्मक रुपमा १ हजार भन्दा बढी स्वयंसेवक र रक्तदाताहरू आवद्ध बीडीए टेक्ससलाई अमेरिका भरी नै उत्कृष्ट च्याप्टरमा रुपमा हेरिन्छ ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS