बाल कृष्ण भट्ट \ शिन-ओकुवो
झन्डै तिन दशक अवधी देखि जापानको टोकियोमा बसोबास गर्दै आएका शिवहरी पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालको निर्वाचन प्रणाली बाट छानिने अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । जापानमार्फत आइसीसीमा प्रतिनिधित्व गर्ने सदस्य संख्या आठजना रहेको छ यही निर्वाचनबाट यी प्रतिनिधिहरू चयन गरिनेछन्। यी प्रतिनिधिहरू आगामी अक्टोबरमा काठमाडौंमा हुने एनआरएनए अन्तर्राष्ट्रिय निर्वाचन (NCC) मा भाग लिन पाउने प्रतिनिधीहरू हुन् ।
प्रवासी जापानी नेपाली समुदायको सेवामा लामो समयदेखि सक्रिय पौडेल विभिन्न सामाजिक संघसंस्थाहरूमा संरक्षक र सल्लाहकारको नेतृत्वदायी भूमिका समेत निर्वाह गर्दै आएका छन्। सन् २०११ सालदेखि एनआरएन अभियानमा सक्रिय रहि पौडेलले एनआरएनए जापानमा डेलिगेट र सल्लाहकारजस्ता महत्वपूर्ण जिम्मेवारीहरू सम्हालेका छन्। हाल उनी नेपाली व्यवसायी संघ जापानको उपाध्यक्ष रहेका छन् भने एभरेष्ट ट्रेडका संञ्चालक फाउण्डर समेत हुन् जसले टोकियो बेसमा रहेर नेपाली बिद्यार्थी भाईबहिनीहरूको लागि आबास सेबा प्रदान गर्दै आईरहेको छ भने उनले नै संञ्चालन गरेको राटोमाटो नामक रेस्टुरेन्ट शिनोओकुबोमा निकै प्रख्यात मानिन्छ ।
नेपालबाट बिभिन्न सास्कृतीक कार्यक्रमहरूका लागी जापान आउने कलाकारहरूको सेबा र सम्मानमा सधैं तत्पर रहने शिवहरी जापानमा रहेर रेमिटान्स, फुदोसान, ट्राभल, रेस्टुरेन्ट, भिजा सर्भिस, राजस्व र कर सेबा सुझाब प्रणालीको ब्यबसायमा समेत समलंग्न हुनुहुन्छ ।
त्यस्तै, नेपाल फेस्टिवल, जापानस्थित नेपाली राजदूतावासको सहकार्यमा हुने सेबा मुलक कार्यक्रमहरू र अन्तरक्रिय जस्ता गतिविधिहरू सफलतापूर्वक सम्पन्न गर्नमा समेत उहांले ठूलो भूमिका निभाउदै आउनुभएको छ भने नेपाल हुने बिभिन्न दैबि प्रकोप, प्रकृतीबिपत्ती र असाहयहरूको सेबामा समेत उहांले हातेमालो गर्दै आईरहनुभएको छ ।
हामी संगको भेटमा भरोसा, सेवा र समाधान आफ्नो मुख्य प्रतिबद्धता रहेको र एनआरएनए चाडैं एक ढिक्का हुने जनाउदैं उनले यस बर्ष आफू जापानबाट एनआरएनए (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) सदस्य (२०२५-२०२७) पदमा उम्मेदवारी घोषणा गर्दै आफूलाई अत्यधिक मतका साथ विजय गराई सेवा गर्ने अवसर दिन उनले सार्बजनिक अपिल समेत गरेका छन्। गैरआवासीय नेपाली संघ जापानको १२औं महाधिवेशन यही जुलाई २० मा र निर्वाचन २७ मा हुन गईरहेको छ ।
