Call Us

9849242474

Our Location

Putalisadak, KTM

३२ बर्ष देखी निरन्तर सौन्दर्य यात्रामा सुशिला चुँडाल (अन्तरवार्ता)


झापा जिल्लाको चप्रमगरी गाउँमा पिता मेदिनी प्रसाद चुडाल र माता नर्वदा चुडालकी कान्छी छोरीका रुपमा जन्मिएकी शुशिला चुडाल गौतम सौन्दर्य ब्यवसायमा स्थापित नाम हो । गौतम बिगत ३२ बर्ष देखी निरन्तर सौन्दर्य व्यवसायमा अवद्ध छिन् । केही समय अघिमात्र लामो समयदेखी सौन्दर्य ब्यवसायमा पुर्याएको उच्च योगदानको कदर स्वरुप नवनारी सौन्दर्य सम्मानबाट सम्मानित भएकी गौतम यस अघि, रक्षा नेपाल, मायाज ब्युटिपार्लर, टिकापुर ब्युटिसियन, न्युलुक कम्पनी,भिएएडिआई हर्वल प्राली लगायतका बिभिन्न संघ सस्थाबाट पुरस्कृत र सम्मानित भै सकेकी छन् ।

जपान, थाईलेण्ड, चिन, भारत लगायतका देशहरुमा समेत पुगेर ब्यूटीसियन कोर्स गरेकी गौतम सकारात्कम सोच, आत्मबिश्वास, काम प्रतिको लगाव र मेहनतले नै नारीलाई आफ्नो लक्ष्य सम्म पुर्याउने बताउँछिन् । आत्मिय र फरासिलो स्वभाव, सहयोगी भावना र मिठो बोलीचालीकी धनि तिनै सौन्दर्य ब्यवसायि तथा प्रशिक्षक सुशिला चुडाल गौतम संग शुष्मा देवकोटाले गरेको कुराकानी

दिन कस्तो बित्दैछ ?
मेरो दिन बिहान मडिङवाकबाट सुरु भएर त्यसपछि पुजापाठ, छोरीलाई स्कुल पठाउने तयारी र खानपान हुँदै बिहान १० बजेबाट व्यवसायिक काममा रहन्छु । ब्युटिसियन कोर्सका लागि आउने बिद्यार्थी र काईण्टसंगको भेटघाट, प्रशिक्षार्थीहरुलाई कसरी अब्वल बनाउन सकिन्छ भन्ने सोच आदिमै दैनिकी बितेको हुन्छ । बिभिन्न संघ संस्थाले सौन्दर्यसंग सम्बन्धित आयोजना गर्ने कार्यक्रम र त्यसमा सहभागी हुने नारीहरुको सजावट लगायतका विविध कामहरु हुने गर्छन् । हामी सौन्दर्य व्यवसायि संधै कसरी राम्रो काम गर्न सकिन्छ भन्नेमा सचेत हुने हुँदा पनि कतिपय अवस्थामा यहि नै व्यवयायको नयाँ टर्निङ पोयण्टस् पनि हुनेगर्छ ।

बाल्यकालमा कस्तो स्वभावको हुनुहुन्थ्यो ?

आम बच्चाहरु झैं म पनि सानोमा चन्चले, चुलबुले स्वभावको थिएँ । त्यो संगै म निडर पनि थिएँ । नयाँ मान्छेसंग बोलिहाल्ने, घुलमिल झै हाल्ने खालको थिएँ । कुनै पनि कुरामा डर मान्ने र म यो काम गर्न सक्दिन सानी छु भन्ने स्वभावको थिईन । त्यहि स्वभावले पनि मलाई आजको दिन सम्म ल्याउनमा सहयोग गर्यो जस्तो लाग्छ अहिले आएर सोच्दा ।

कुन कुराले सौन्दर्य व्यवसायि बन्नमा प्रोत्साहित गर्यो ?

म सानी थिएँ, ठुलो बुबाका छोरीहरुसंग म पनि कहिले काहीँ ब्यूटीपार्लर जान्थें । सानो बाल मष्तिस्कमा त्यहाँको वातावरणले प्रभाव पार्ने गर्दथ्यो, दिदीहरुले त्यहाँ काम गरिरेको देख्दा, नयाँ नयाँ मान्छेहरुसंग पनि दिदीहरुले सौहार्दरुपमा गरेको ब्यवहार र बोलिचाली, राम्रा राम्रा कपालका डिजाईन आदीले म मा पनि एउटा छुट्टै प्रभाव पर्यो । आफ्नै पौरखमा बाँच्न सकिने, कसैको अण्डरमा बस्नु नपर्ने, आत्मिय ब्यवहारको वातावरण, आफ्नो ईच्छाको मालिक बन्न पाईन, असाध्यै ठुलो शैक्षिक योग्यताको पनि आवश्यकता नपर्ने र सबै भन्दा ठुलो कुरा दिदीहरुको अनुहारमा देखिने आत्मसन्तुष्टिले मेरो बाल मष्तिस्कमा यो व्यवसायप्रति सकारात्मक र गहिरो छाप परेको थियो । त्यही प्रभाव मलाई प्रोत्साहित गर्ने पहिलो आधार बन्यो पछि मैले यसका लागि आवश्यक प्रशिक्षण, ज्ञान, स्वभावहरुको बारेमा पनि बुझेर आफुलाई शक्षम बनाएँ ।

कति सालमा व्यवसाय सुरु गर्नु भयो र यसका उद्धेश्यहरु के थिए ?

मैले सुरुमा पुतलीसडक स्थित लिलाज ब्यूटीपार्लरमा लिला उपाध्यय संग प्रशिक्षण लिएँ, त्यसपछि जापान, थाईलयाण्ड, चाईना र भारतको मुम्बई र दिल्लीमा पनि ब्यूटीसियन सम्बन्धी कोर्सहरु गरें । मैले आफ्नै व्यवसायिक यात्रा सुरु गरेको २०५० सालबाट हो ।

सुरुवात नै मैले योजना र उद्धेश्यका साथ ब्यवसायिक यात्रा तय गरेकाले पनि आज सम्म निरन्तरता दिन पाएको छु । त्यो बेला आजको दिनमा जस्तो महिलाहरुमा सौन्दर्य ज्ञान र चासो थिएन, समाजले पनि यसलाई असाध्यै सम्भावना बोकेको व्यवसायको रुपमा स्वकारी सकेको थिएन । मेरो मनमा महिलाहरु यहि व्यवसायबाट समाजमा स्थापित हुन सक्छन्, महिलाहरु आत्म निर्भर हुन सके परिवारलाई आर्थिक सपोर्ट हुन सक्ने हुँदा जीवनस्तर सहज हुन्छ, महिला आफैंमा सौन्दर्यको अर्को रुप पनि भएकाले यो व्यवसायमा मेहनतका साथ सफलता हासिल गर्न सक्छन् भन्ने बिचार थियो ।

आज बिगतलाई फर्केर हेर्दा, यहाँ सम्मको यात्रा र अहिलेको अवस्थालाई नियाल्दा सौन्दर्य व्यवसायवाट महिला वर्गमा आर्थिक परिवर्तन संगै सामाजिक पहिचान, ब्यक्ती स्वयंमा आत्मनिर्भर र आत्मविश्वास साथै आफ्नो शिप र कला मार्फत अर्कालाई सजाउँदा उहाँहरुमा देखीने उत्साह र खुसीले साच्चै सन्तुष्टी मिलेको महशुष हुन्छ ।

आजको सफल सौन्दर्य व्यवसायि बन्नका लागि गरेका संघर्षलाई कसरी सम्झनु हुन्छ ?

म एउटा चेतनशिल महिला हुँदाहुँदै पनि काम गर्ने शिलशिलामा बिभिन्न चुनौती, बाधा, अप्ठ्यारा र पिडा मलाई पनि भयो तर जीवनको अर्को नाम पनि हुँदो रहेछ संघर्ष त्यहि संघर्षलाई मैले निरन्तरता दिएँ । संधै व्यवसायलाई सजगताका साथ ईमन्दारी, साहसी उर्जावान, शहनशिलता,र त्यागलाई आत्मसाथ गरि अगाडी बढिरहें बढिरहेको नै छु । आज आफ्नो लक्ष्मा पुगेको महशुष हुन्छ ।
संघर्ष र जीवन एक रथका दुई पांग्रा रहेछ । मैले संधै सकारात्मक सोच बोकेकी हुनाले यहि सोचले मलाई खुसी राख्नमा मद्यत गरिरर्यो । यहि सोच उर्जा बन्यो शक्ती बन्यो र आफ्नो कामले जन्माएको खुसी बोकेर आन्तरिक र बाह्य सौन्दर्यमा बिषेश ध्यान पुर्याउँदै अरुलाई पनि सुन्दर बनाई खुसी बाड्ने प्रयास गरिरहेकी छु ।

परिवारीका साथ कस्तो रह्र्रो ?
घरको कान्छी छोरी भएकाले सबैको माया पाएर नै हुर्किएँ म । मेरो स्वभाव बुझेकाले पनि मेरा कामहरुमा घरका सबैको साथ रर्यो । बिबाह पछि पनि मैले आफ्नो रहरलाई मार्नु परेन खाष गरि यो व्यवसायको हकमा । परिवारमा सबैजनाको धेरै नै राम्रो सर्पोट थियो र छ ।

सौन्दर्य ब्यवसायले महिलामा पार्ने फरक के हो ?

कतिपय महिलाहरु आफ्नो ब्यक्तीत्व र आफुले गरेको कार्यले आफ्नो निजी पहिचान बनाउन सफल हुन्छन् । अझै सुनमा सुगन्ध थपे झैं त्यहि व्यक्तीत्वमा आन्तरिक र बाह्र रुपमा अझै सौन्दर्य थपि झनै आर्कषक बनाउने गर्दछ । बाँकि यसले पार्ने सामाजिक र आर्थीक प्रभाव र पहिचान मैले माथी पनि बताएको छु ।

सौन्दर्यलाई बचाई चाख्न के –के गर्नुपर्दछ ?

नारी होस् या पुरुष सबैलाई सौन्दर्यको उत्तिकै आवश्यकता रहन्छ । यसलाई यथावत राख्न सर्वप्रथम त आन्तरिक सौन्दर्यको ठुलो भुमिका हुन्छ ।जस्तै
–सकारात्कम सोच
–शरीरिक व्यायक योगा
–सात्विक भोजन, प्रसस्ता पानि पिउनु
साथै बाहिरी आवरणमा पनि बिचार पुर्याई दक्ष सौन्दर्य व्यवसायि संग सम्पर्क गरि आफ्नो समस्या अनुसारको सौन्दर्य प्रसाधन दैनिक प्रयोगमा ल्याउनु अति नै आवश्यक हुन्छ ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS