लेखक: सोम बिक्रम सिंह
पारपाचुके या सम्बन्ध बिच्छेदले एउटा संस्कारको रूप लिईसक्यो। मृत्युको शैय्यासम्म सँगै जिवन व्यतित गर्न अग्नीलाई साक्षी राखेर कसम खाएकोलाई जाबो हस्ताक्षरले टुङ्गाई दिन्छ। धार्मिक आस्था अनुरूप त सात जुनीको लागि कसम खाएको हुन्छ। कसै-कसैको डाहापन त मिलेर बसेको जोडीलाई तासको घर झैं गर्ल्याम्म ढाल्ने योजनामा तल्लिन रहेको देखिन्छ। कसैको सम्बन्धलाई तहस नहस पार्न आफ्नै परिवारबाट खेल खेलि रहेको पनि देखिन्छ। श्रीमान-श्रीमती गाढा सम्बन्धमा गाँसिएर रमाएको आफन्तलाई नै पेट पोलिरहेको हुन्छ। दिनहुँझैँ कान फुक्ने कामले कतिको असर पुग्छ भनेर थाहा हुँदा, हुँदै पनि खेलको मज्जा लिनलाई तल्लिन देखिन्छ।
सम्बन्ध बिच्छेले बालबच्चा, परिवार र समाजलाई नराम्ररी गिजोलेको हुन्छ। सम्बन्ध बिच्छेद समाधान भन्दा पनि समस्या हो। यसले कतिको जटिलता ल्याउँछ तमासे र झगडियालाई कुनै हेक्का हुन्न बस उसको काम त श्रीमती र श्रीमान बिच गहिरो खाडल ल्याउन मात्रै हो। उ त्यसैमा रमाएर बसेको हुन्छ। उसको जित नै परिवार लाई ध्वस्त पार्नु हो। ती कुपात्र त समाजमा साफुल्ले भएर हिंडेकै हुन्छ।
अहिले सम्बन्ध बिच्छेद एउटा धन्दा भएको महशुस गर्न सकिन्छ। सम्बन्ध विच्छेद नहोस् भनेे लागेता पनि आईएनजियो र एनजियो को लागि त एउटा हट केक वा मसाला पो हो। जति गराउन पाइयो त्यति काम पाइने जति कमा पाइयो त्यति नै फण्ड आउने। झन् कन्ट्रोभर्सियल केस आयो भने त हात्ति को खाजा खाने फण्ड। हामीले कहिले सुनेको छौं सम्बन्ध बिच्छेद नबढोस् भनेर अभियान चलेको? महिलाकर्मी अधिकारकर्मीलाई सम्बन्ध सुनमा सुगन्ध। जहिले महिलाले सहनुपर्ने? यहि सरल र सहज अनुराग छ।
सम्बन्ध बिच्छेदमा पुरूषको मात्रै छ त वा महिलाको मात्रै हात छ? दुबैको छैन, छ त केवल शिक्षा र संस्कारको। विहे गर्दा वावुआमाले जिवन भरको कमाई स्वाहा पारेर भोजभतेर र गरगहना किनेर हर्षोउल्लासका साथ समाज बोलाएर भोज खुवाएर गरेको हुन्छ। साधारण विषयले मन मुटाव बढेको छरछिमेकलाई निमन्त्रित गरेर सम्बन्ध गाँसेको हुन्छ भने। अब जामाना कहाँबाट कहाँ पुगिसक्यो भन्दै सानो ईस्युलाई पनि ठुलो बनाएर श्रीमान श्रीमतीको सात जन्मको लागि बाँधिएको सम्बन्ध लाई पनि चुट्किको भरमा चैट पार्न पढे-लेखेका वर्ग दिलो ज्यान दिएर लागेको दृष्टान्ट कैयौं मिल्छ। तर एकदिन अवश्य सच्चा मायाको जित नै हुनेछ, समय लाग्ला तर माया प्रेमको नै जित हुनेछ। कुनै लैलामज्नुको फिल्म होइन दुवै मर्नुपर्ने, टाढा बसेर भएपनि साँचो मायाको पर्खाईमा बसेर एकदिन अङ्गालोमा बाँधिने प्रणले जिवन सार्थकता बनाउँछ। जय होस्। ॐ।