Call Us

9849242474

Our Location

Putalisadak, KTM

‘माग्ने राजा’ को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक

चलचित्र ‘माग्ने राजा’ को दोस्रो गीत सार्वजनिक भएको छ । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र माग्ने राजाको ‘म त सुतेर उठेको पैसामा’ गीत सोमबार सार्वजनिक भएको हो ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक यस गीतको भिडियोमा केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई ९तक्मे बुढा० र बालकलाकार रोनिश खड्का फिचर्ड छन्। ऋषि लामिछानेको निर्देशन रहेको चलचित्रको गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ।

बाबुल गिरीको शब्द, सङ्गीत, र एरेञ्ज रहेको गीतमा बाल कलाकार रोनिश खड्काको समेत साथ रहेको छ ।
मुनाल घिमिरे निर्माता रहेको यस चलचित्रमा केदार घिमिरे र वर्षा राउतका साथै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र चर्चित टिकटकर पवित्रा साकी ९मिस पवि०को अभिनय रहेको छ।

अभिनेता आर्यन सिग्देलको समेत विशेष भूमिका रहेको चलचित्रमा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा तथा बाबुल गिरीको सङ्गीत रहेको छ भने नरेन्द्र मैनालीले छायाङ्कन रहेको छ ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS