Call Us

9849242474

Our Location

Putalisadak, KTM

ममता काफ्लेको मुद्धा २०२६ को अन्त्यमा मात्र सुरु हुने

अमेरिकामा आफ्नै श्रीमानद्वारा हत्या गरिएको भनिएकी ममता काफ्लेले अझै न्याय पाउन सकेकी छैनन् । ममताका श्रीमान नरेश देव भट्ट हत्या आरोपमा धेरै पहिले नै पक्राउ परेपनि पटक पटक म्याद थप गरिनुले यो केश फेरी १ बर्ष पर पुगेको हो ।


अमेरिकी संचार माध्यमका अनुसार अब यो मुद्दा अक्टोबर २०२६ मा सुरु हुनेछ । शुक्रबार बिहान न्यायाधीशले यस मुद्धाको फैसलामा हस्ताक्षर गरेपछि अनुसन्धान नै २७ महिना पर धकेलिएको हो ।

नरेश भट्टमाथि प्रथम श्रेणी हत्या, शव लुकाउने, र शवको अपमान गर्ने आरोप लगाइएको भएपनि अमेरिकी सरकारको न्यायिक अनुसन्धान माथि भने ठुलो प्रश्न सृजना भएको हो । यो मुद्धा अब सन् २०२६ अक्टोबर ५ देखि नोभेम्बर १९ विचमा पुन सुरु हुनेछ ।

अवधिसम्म नरेश भट्ट कारागार मै रहनेछन् । ममताका समर्थकहरू प्रिन्स विलियम काउन्टी न्यायिक केन्द्रबाहिर नियमित रूपमा उपस्थित हुँदै आएपनि गम्भिर घटनामाथी पटक पटक म्याद थपले असन्तुष्ट देखिदैं आएका छन् ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS