Call Us

9849242474

Our Location

Putalisadak, KTM

नेपाली संगीतलाई विश्व स्तरमा चिनाउँदै आएका गिटारिस्ट सम्प्रित राई

बलराम थापा । काठमाडौं


करिब १५ वर्षदेखि नेपालको आधुनिक संगीत क्षेत्रमा सक्रिय संगीतकार तथा गिटारिस्ट सम्प्रित राई राष्ट्रिय स्तरमा सम्मानित कलाकारका रूपमा स्थापित भएका छन्। परम्परागत नेपाली वाद्ययन्त्रहरू तबला, बाँसुरी र सारंगीलाई आधुनिक गिटार संरचनासँग मिश्रण गरी नयाँ शैलीको संगीत सिर्जना गर्ने उनको प्रयासले नेपाली संगीतलाई विश्व स्तरमा चिनाउन योगदान पुर्‍याएको छ।

राईले दुई पटक “राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार” गिटारिस्ट विधामा प्राप्त गरेका छन्। सन् २०७९ र २०८२ मा आयोजित विश्व संगीत दिवस ९जुन २१० को अवसरमा राष्ट्रियस्तरका सांस्कृतिक संस्थाहरूसँग सहकार्यमा नेपाल संगीतक संघ ले यो पुरस्कार प्रदान गरेको हो। दुवै वर्ष गिटारिस्ट विधामा उनी एकमात्र प्राप्तकर्ता बनेका थिए, जसले पुरस्कारको उच्च प्रतिस्पर्धात्मकता र राष्ट्रिय महत्वलाई झल्काउँछ। उनको योगदानलाई सांगीतिक नवीनता, प्राविधिक दक्षता, मानसिक स्वास्थ्यमा संगीतको उपयोग, र नेपाली संगीतको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका आधारमा मूल्याङ्कन गरिएको थियो।

नेपाल संगीतक संघ का आजीवन सदस्य र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता का सदस्य समेत रहेका राई यी संस्थामा सदस्यता प्राप्त गर्ने थोरै प्रतिस्पर्धी कलाकारमध्ये एक हुन्। यी दुवै प्रतिष्ठित संस्थामा सदस्यता केवल राष्ट्रिय स्तरमा सांगीतिक योगदान र सांस्कृतिक नेतृत्व देखाएका कलाकारलाई मात्र प्रदान गरिन्छ।

त्यसैगरी, उनले निर्णायकको भूमिकामा पनि महत्त्वपूर्ण योगदान दिएका छन्। सन् २०८१ मा आयोजित “भर्चुअल ब्याटल अफ द ब्याण्डस्” मा उनी निर्णायक बनेका थिए। साङ्गीतिक शिक्षा र प्रवर्द्धनमा ख्यातिप्राप्त संस्था साङ्गीत पाठशाला र नेपाली गिटार ट्युटोरियलद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस प्रतिस्पर्धामा ७० भन्दा बढी व्याण्डहरूको सहभागितामा भएको यस प्रतियोगितामा उनले निर्णायक मण्डलीको सदस्यका रूपमा विजेता चयनमा भूमिका खेलेका थिए।

यसअघि, राई “साधना अनलाइन ट्यालेन्ट हन्ट” गायन प्रतियोगिता २०७७ मा पनि निर्णायक रहिसकेका छन्। उनले विभिन्न राष्ट्रियस्तरका गायन, व्याण्ड र गिटार प्रतियोगितामा समेत निर्णायकको भूमिका निर्वाह गर्दै आएका छन्। प्रतियोगिताहरूमा उनले प्रतिस्पर्धीहरूको प्राविधिक दक्षता, सिर्जनशीलता, प्रस्तुति शैली र संगीतात्मक मौलिकताको आधारमा मूल्याङ्कन गर्ने गरेका छन्।

संगीत सिर्जनामा मात्र होइन, राई संगीत उपचार को अभ्यासकका रूपमा पनि सक्रिय छन्। गिटारको मधुर धुनलाई लोक वाद्ययन्त्र र थेराप्युटिक ध्वनिसँग मिश्रण गरी उनले मानसिक स्वास्थ्य र सामाजिक–मनोवैज्ञानिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनका अनुसार यस्ता अभ्यासले तनाव, चिन्ता र मानसिक असन्तुलन घटाउन मद्दत पुयाउँछ भने विशेष गरी ज्येष्ठ नागरिक र संवेदनशील समूहलाई शान्ति, ध्यान र सामुदायिक एकताको अनुभूति गराउँछ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS