लेखक:मणि राज सत्याल
ब्रह्मा जीले संसारको सृष्टि गर्नुभयो , सुत्नुभयो । जब उठ्नु भयो चकमन्न नै छ , चहल–पहलको आवस्यकता महसुस गर्नुभयो, पुरुषको संरचना गर्नुभयो , फेरि पनि खल्लो खल्लो महसुस भयो । जब नारीको सृष्टि भयो सृष्टिले निरन्तरता पायो । भुगोल अनुसार परम्पराको विकास पनि भयो ! तर आफैं पो लखेटाईमा पर्नुभयो ! कसैले नदेख्ने उपाए गर्नुभयो ( विष्णु )विलय रुप लिनुभयो अर्थात् वायुमा परिणत हुन थाल्नुभयो । आफुलाई कतै प्रस्तुत गर्नुपर्दा विष्णु भएर प्रकट हुन थाल्नुभयो, नत्र अधिकांश अदृश्यमय अवस्थामा । जब संसार चलायमान हुनथाल्यो चराचर जगतमा अनेक हुनथाल्यो । एकनास एकरुपता कतै भएन , बनाउनु पर्ने भत्किन थाले , भत्किनु पर्ने अनेक अनेक बन्न थाले । तब संरक्षकता संगै संहारकर्ताको पनि आवस्यकता पर्यो, तब वायुमा मात्र आफ्नो उपस्थितिले नपुगेर जल र अग्निको सृष्टि गरेर त्यहाँ पनि आफ्नो उपस्थिति जनाउनु भयो त्यहि रुप शिव रुप हो ।
ब्रह्मा विष्णुबाट महेश्वर । यहि त्रीमुर्ति नै सृष्टि सृष्टिकर्ता हुन ! ॐ नै प्रथम ध्वनि हो ! प्रथम अक्षर हो । त्यसैले ब्रह्मा विश्णु महेश्वरमा मात्र अगाडी ॐ लाग्दछ । ॐ ब्रम्हणे नम : ॐ वश्णवे नमः ॐ नम शिवाय: । ॐ कृष्ण हुँदैन , ॐ राम हुँदैन । न ॐ पार्वति हुन्छ , न ॐ लक्ष्मी हुन्छ , न ॐ राधे-राधे हुन्छ , न ॐ सिता-सिता हुन्छ । यो बुझ्नु जरुरी छ । तिन लोक, चौध भुवन नै चकित पर्ने गरि तपस्या गरेर नै यहि बुझेर नै वुद्व ले ॐ को माग गरे । तर “ॐ माने पद्मे हुँ ” प्रमाणित अझै भएको छैन । कुनै छिटफुट ठाउँमा बुद्वको मन्दीर अगाडी साँढे बहान राखिएको छ । जुन पाच्य भएन र अर्को त्यस्तो संरचना फेरि दोहोरिएन , बनेन ।
त्यसैले हामी हरेक शुभ कार्य गर्दा दियो + कलश +गणेश राखेर मात्र शुभ कार्य , कर्मकाण्ड गर्छौं ।
यसरी नै चराचर जगतको थालनी भयो , तब भुगोल अनुसारको अनुशासन लागु हुनथाल्यो । यहि अनुशासन पशु ,पञ्छि ,वोट ,बिरुवाहरुमा लागु भयो र नै नियन्त्रण कायम थियो, आज पनि छ । हावा हुरिवतास पहिरो, डंढेलो अनेक भएर पनि ति बाँचेकै छन्, रमाएकै छन । तिनको दिमाग छैन तर ति नै कहिल्यै भोको छैनन । जगत सृष्टि प्रति सन्तुष्टि छन् तब ति खुसि नै छन । खोई विलय भएका छैनन ! त्यहाँ कहिल्यै कोलाहल छैन । तर मानिस नै एउटा यस्तो प्राणि हो जो कहिल्यै सन्तुष्ट भएन । सन्तोकी सदा सुखि असन्तोषी सदा दुखि भनेझैं मानिस सदा दुखि छ । बिकास उसैले गर्छ फेरि बिनास पनि उहि गर्छ । यसको मुल कारण भनेको तँतँ–मम , तँ ठुलो कि म ले नै हो ।
जुनदिन सम्म जहाँ –जहाँ प्रकृति अनुसारको संस्कृति र संस्कृति अनुसारको सभ्यता कायम रह्यो, गलफती सुरु भएन । तर जुन समय देखि प्रकृतिको नियम बिपरित मानिस हिँड्न थाल्यो, विपत्ति निम्तिन थाल्यो । आज पुरुष ठुलो कि स्त्री भन्ने बहस हुँदै गलफती हुँदै सनैसनै द्वन्दमा परिणत हुने खतरा पैदा भएको छ । नारी पुरुष बराबर हुन ,बराबरी महसुस गर्नुपर्छ , तब शान्ती कायम हुन्छ । तर आज नारी जसले एकोहोरो सोचेर पुरुषलाई अनेक अनेक लाञ्छना लगाई रहेका छन् के त्यो जायज छ ?
- पितृ सतात्मक ,पुरुष प्रधान समाज भनेर आफुले आफैंलाई नबुझेर अनेक प्रश्न र ति प्रश्न माथि समेत प्रश्नचिह्न राखेर लेख रचना कथा कविता आई रहेका छन्, ति सबै नारीले पुरुषलाई बुझ्न नसकेर , पुरुषलाई नपढेर समस्या महसुस भएको हो र थिचोमिचो महसुस गरिएको हो । पुरुष जो छोरि जन्मिदा सृष्टि कायम रहने भयो भनेर औधि खुसि हुने पुरुष कदापी नारीमाथी थिचोमिचो गर्दैन, पुरुष प्रकृती स्वयंमा विवेकी प्रकृती हो ।
जसरी नारी आफ्नो कोखबाट छोरा जन्मिंदा वंश विस्तार भयो भनेर खुसि हुन्छिन, पुरुष जो आफ्नो छोरिलाई साष्टाङ्ग दण्डवत् प्रणाम गर्छ । पुरुष जसले नारीलाई मुर्दा बोकाउँदैन , साह्रो गाह्रो काम लगाउँदैन भने पुरुषले थिचोमिचोको गर्ला ? आज भएको विज्ञानको आविस्कार नै ज्ञान ध्यानबाट भएको हो । विधाताको नियमानुसार भएको हो । यहि ज्ञान ध्यान , जप तप तपस्याबाटै विज्ञानले निरन्तरता पाएको हो । जब सबै काम औजार , मेशिनले गर्न थाल्यो मानिसको अत्याधिक समय मनोरञ्जनमा केन्द्रीत हुनथाल्यो । मनोरञ्जन पनि ठिक्क भएपो … बिहानै बेलुकै मध्याह्न मध्यरात , … जब धेरै खाँदा चिनि त तितो हुन्छ भने अनि सुरु भयो हिंसक-हिंस्रक महिला हिँसा अनेक-अनेक ।
पिडित पुरुष भन्दा महिला थिए ढुँङ्गे युगमा तर आजको विज्ञानको युगमा पुरुष नै पिडित छ । यत्ति हो अभिमान होईन पौरस्य स्वाभिमानले उ उजगार गर्दैन । महिलामा जति सहनशीलता हुन्छ , पुरुषमा त्यो भन्दा बढि उदारता हुन्छ । उसले आफुलाई महिलाको रक्षक पनि हुँ, संरक्षक पनि हुँ भनेर सकेसम्म कहिल्यै गलफती गर्दैन । यो नै आज पुरुषको कमजोरी महसुस भएको छ ।
- धर्तिलाई नजोति नखनी बाउसे नगरी रोपाइँ हुन्छ…. ? एउटा पक्षले अलिक बढि सहनशील भैदिएमा सृष्टि देखिको परम्पराले निरन्तरता पाउँछ र समयानुकुल परिवर्तन सम्भव हुन्छ । उदाहरणार्थ तितो सत्य के हो भने नारीलाई माथि राखेर गरिएको सहवासले आनन्द त देला, दिन्छ तर के छोरा छोरी जन्मिन्छ …..? मात्र विर्य खेर जान्छ ! यथार्थ सत्य यहि हो ! गलफती निकाल्न समाधान ननिकाली समस्या मात्रै उजगार गर्न त कुखुरा पहिला कि फुल भन्दा पनि भयो ।
एउटा पुरुषले गल्ति गरेर नारीलाई मृत्यु , मृत्युशय्यामा पुर्याउँदैमा अधिकांश पुरुषलाई हिंस्रक, कसाई जस्तो शब्द प्रयोग गर्न मिल्छ ? आफुले आफैंलाई मासुको डल्ला मान्ने नारी कति बुज्झकि कति चेतनशिल …. ? अरुको लाख आमाको काख भन्छ त्यहि पुरुष …..। त्यहि पुरुष लाई हिंस्रक कसले बनायो मनोवैज्ञानिक मार्ग बाटो खोज्नु पनि नारी पुरुष दुबैको कर्तव्य होईन र….. ? आज नारीहरु नै हरेक क्षेत्रमा सफल हुँदै आएका छन् । के तिनले पुरुष मुर्दावाद भन्दा सफलता पाएका होलान् कि तिनै पुरुषको साथ सहयोग पाएर सफल भए ? एक अभियान गरुँ न बरु तर यसरी पुरुषलाई निरिह नबनाउँ । नारी– पुरुष रथको दुई पाँग्रा सम्झदा नै दाम्पत्य जिबन सफलता र हरेक सपना पुरा हुने हो भनेर अगाडी बढ्दा समाज अनुशासित मर्यादित हुन्छ भन्ने कुरा पटक पटक प्रमाणित भैसकेको छ होईन र … ? जतिसुकै छिटफुट उदाहरण लाई उछलकुद गरेर एकले अर्कोलाई निच देखाएर निचर्नु खोजेपनि समग्र समाज , जगतले मान्ने उदाहरण आजपनि महाभारत नै हो । रामायण नै हो । चार बेद नै हो । चार प्रहर नै शास्त्र प्रमाणित सत्य तथ्य हो ।
गिता ज्ञाान नै सम्पुर्ण ब्रम्हज्ञान हो !
आत्मरति मा रमाउन मात्र बिपरित लिङ्ग लाई दोष थोपरेर ओढाईएको दोसल्ला ले न्यानोपन दिँदैन ! दुबैको हातको तालि बज्दा ओढेको दोसल्लाले मात्र संरक्षण र इतिहास अनि सम्मान प्राप्त गर्छ । “ अमेरिकन बन्दुक र नेपाली सन्दुकबारे अध्ययन गरेपछि मात्र पुर्विय संस्कारको महत्व बुझिन्छ । अधिकांश मध्ये धेरै भोकाएकाहरु नै अमेरिका पुग्ने हो । मेहेनतीहरु जापान जर्मन पनि पुगेका छन् । ति मध्ये जतिले सत्कर्म सहितको ईख लिए , मेहनत गरे ति सफल भएर दुखि नेपालीको सेवा पनि गरेका छन भने , कैयन् देखासेखिमा गएर भासिएका छन् ति अर्कोलाई सरापेर आत्मरतिमा रमाएका छन् ।
आँसु बगाउँदै जानेहरु मासु पाएपछि आमा बिर्सनेहरु ……
यसको निचोड के पनि हो भने विश्वका जति मुलुकमा राजा छन त्यहाँ प्राय द्वन्द कलह भैरहेको पढ्न पाईन्न । किनकि राजा भएको राज्य रहस्यमा जिबन्त हुन्छ , जिबित हुन्छ । सन्दुक एउटा रहस्य हो । जति पुरानो भयो उति बलियो हुन्छ खियानै किन नलागोस ! सुरक्षित हुन्छ । बन्दुक जति पुरानो भयो उति खिया लाग्छ, खिया लागेको बन्दुक पड्किदैन ! बन्दुक पड्काउन झगडा हुँदै द्वन्दको आवस्यक पर्छ ! बन्दुकले पेस्तोल हुँदै मेशिनगन हुँदै अणुबम सम्म आविस्कार भयो कतिपय मुलुक यसैको कारण ध्वस्त भए भने , सन्दुक आज पनि जस्ताको तस्तै छ ।
जुन राज्यमा राजा रहंदैन त्यो राज्यमा रहस्य हुँदैन ! रहस्य रहित राज्य कहिल्यै सुरक्षित हुँदैन । जुन राज्यमा राजा हुन्छ त्यो राज्यमा गलफती कम हुन्छ ! स्वर्ग सुरक्षित राजा इन्द्रको कारणले हो । पत्निले पतिलाई राजा सम्झिएमा मात्र आफु रानी हुने हो । पुरुषलाई दास सम्झिएमा त्यहि अनुसारको व्यवहार गरेमा आफु दासी हुने हो ! मिठो वचन नारीको प्रथम गहना हो । सालिन सभ्य शिक्षित नारीहरु नै प्रधानमन्त्री , प्रधानन्यायाधिस , राष्ट्रपती भएका छन । नारीलाई म सम्मान गर्छु किनकी ममताकी खानी मेरी आमा पनि नारी नै हुन ।
जय जननी ।



