लेखक; महेश्वर चापागाईं
टाउको एकनासले भारी भइरहेको छ, शरीर भित्र भित्रै जलिरहेको छ । किताब पढ्न,लेख्न,डुल्न, बाहिर निक्लन, साथिहरु भेट्न केहि गर्न मन छैन।ओखती खाउ न त , गएर डाक्टर देखाउ न त भनेर भन्दा पनि के को ओखती खानु ?कुनै निश्चित ठाउमा दुखेको पनि छैन ,ओखति खानै पर्ने गरि बेस्सरी गार्हो भएको पनि छैन ।ओछ्यानमा पल्टि हाल्न पनि आँखामा एक फुट्टि निद्रा छैन।के गर्ने सुरेन्द्र सोच्नै सकिरहेको छैन ।आखिर यी सब तनाबहरुको पछाडिका रहस्यहरु के हुन? मन्थन नगरिकन त सुखै भएन।
यसपाली घरबेटिको भाडा तिर्न सकिएन?यो महिना कलेज जाना पाइएन ,पास पो भइन्छ भईन्न।यसपालि अफिसले दिएको टार्गेट पुगेन,मार्केटको टार्गेट नै नपुगेपछि कमिसन पाउने कुरा हुन्न होला त ।खै यहि कमाइले काठमाडौको बास थामिन्न,बिदेशतिर उड्नु पर्ने पो हो कि ?अस्तिको डेटिङमा पुलिसले रेड हान्यो?अहो तनाबका पनि कति धेरै स्रोतहरु रहेछन।
अघिल्लो बर्ष बिक्रि टार्गेट पनि पुगेको थिएन,यो साल पनि पुगेन के नौलो कुरा भयो र ?मालिकहरुले कर्मचारिलाई पुरा गर्न सक्ने गरि टार्गेट नै दिदैनन।अघिल्लो बर्ष भनेजति टार्गेट भेटाउन नसकेपछि यो बर्ष किन ?के? कारणले टार्गेट थपेका हुन, उस्ले बुझ्ने कुरा थिएन।
“यी टाउकेहरु, हाकिमहरु भनाउदाहरुलाई बजार बजार डुलाउनु पर्ने अनि थाह हुन्थ्यो।टेबुलमा बस्छन, क्यालकुलेटर थिच्छन, , नाफाको हिसाबकिताब गरेर टार्गेट बढाउछन। नाफा खाने उनीहरु तनाब चाहि हामीलाई ?
तनाब उस्को उनिहरु अफिसको मात्र समस्या थिएन। एकछिन आफनो कुरा बिर्सेर समाजमा आखा डुलाउदा पनि कोही तनाबरहित भेटिन्न। ब्यापारी ,कर्मचारी,बिधार्थी सर्बसाधारण सबैजना तनाब मै छन सन्तुष्ट त एकजना नि छैनन ।ब्यापारीको ध्यान ब्यापारमा छैन,कर्मचारीको ध्यान कर्ममा छैन, जागिेरेहरु नै कुर्सिमा झोक्राएर बस्छन। मन्त्रिहरु,राजनेताहरु, ठुला ठुला नेताहरु,गृह सचिब,पुलिस अधिकारीहरुको कुरा बेग्लै छ, बाडछन ठुला ठुला सपनाहरु अल्झिछन साना साना कुराहरुमा ।युबाहरुले पाएको हैरानी,युबाहरुले पाएको अनाबश्यक दुख कष्ट,भोग्नु परेको अनगिन्ति तनाबहरू तिर उनीहरुको ध्यान कहिले जाला खै ?
सम्झेर ल्याउदा तनाब पनि कति कति ? बत्तिस बर्षको भैसकियो बिहे भएको छैन।यहि तलबले ,यहि कमाइले ,यहि लर्याङ तर्याङले अझै बिसबर्ष बिहेको कल्पना नगरे हुन्छ?यस्तो तनाबग्रस्त समयमा एउटा जबान केटा, एउटा जबान केटी, एउटा पार्कमा, एउटा होटलमा, एउटा कोठामा, भेटिनुले कस्को तनाब बढ्यो?
“ऊफ यदि त्यो साच्चिकै पुलिस भैदिएको भए?”
हो सुरेन्द्रले स्विकार्नै पर्छ आफनो पहिलो डेटिङ , शनिबारको दिन नुहाइ धुवाइ गरेर ,चिटिक्क परेर पाचबर्ष अघि गिफ्टमा पाएको तर अहिलेसम्म पनि काममा नआएको जस्मिन सेन्ट छरेर सुरेन्द्र समयमै घरबाहिर निस्केकै हो।मिसकलबाट जोडिन आई पुगेकी अन्जान सब्रिनलाई एकबर्ष लगातार मेसेज, फोन र फलो गरेर उस्ले पट्टाएकै हो।एक बर्षको अनबरत प्रयास पछि शनिबार ठिक एघारबजे सब्रिनाले उस्लाई भेट्न मन्जुर गरेकि नै हो।हो भन्न धक मान्नुपर्ने कुनै कारण नै थिएन। शुरुवातका मेसेजहरुमा, फोन कलहरुमा बिभिन्न कबिता ,प्रेरक भनाइ, भावुकता, बिबशता, सपना आदि आदिका जालो फिजाएर सुरेन्द्रले सब्रिनलाई फकाएकै हो तर एकबर्ष पछि अहिले कथा पुरै बद्लिएको छ ।
सब्रिना अहिले ऊस्को फोनकल,मेसेज र केयरिङ बिना बाच्नै सक्दिन भन्छे।सब्रिनाले उस्लाई यति धेरै चाहन थाली त उस्को के दोष हुन्छ र? सुरेन्द्र त यसैपनि सुब्रिनालाई शुरुदेखिनै चाहनथ्यो।यो आकर्षण देहिक मात्र थियो कि भावनात्मक नै थियो ! त्यो चाहि न सुरेन्द्र भन्न सक्थ्यो ,न सब्रिना नै भन्न सक्थी ।किनकि उनिहरुको प्रत्यक्ष भेटघाट भएको थिएन।टेलिफोनका प्रशंसा, रात रात भरका अनिँदो कुराकानिकै आधारमा सम्बन्धको आदर्शलाई परिभाषित गर्न सकिदैन थियो ।किनकि धेरै बर्ष प्रेममा चुर्लुम्म डुबे भनेर बिहे गरेका जोडिहरुले नौ महिना पनि संगै बस्न नसकेका बर्गेल्ति उदाहरणहरू थिए। कतिले त अदालतको शरण परेर मात्रै मुक्ति भेटेका थिए।
पहिलो डेटिङ अबेला गर्ने कुरै भएन ठिक एघार बजे सुरेन्द्र डिल्लिबजारको पिपलबोटमा पुग्यो। पिपलबोटको फेदिमा आखा डुलायो ,पिपलबोटलाई बाहिरबाट फलामको बारले घेरेर राखिएको थियो ।उस्ल,वरिपरि छेउछाउ सबैतिर हेर्यो अहँ आफुले खोजेको आँखाहरु त्यहाँ थिएनन।उस्मा तनाब थपियो।
“के आउथि होलि र ? फोनको कुराकानिले मात्र ?कुराको शुरमा बगी होली भावनामा दुबी होलि , आउछि भन्दि होलि ? भरे आउने बेला चाहि बा आमा दाई छिमेकी सबको अनुहार सम्झि होलि, मलाई चाहि बिर्सिहोलि?”
उ आउछे भनेर पत्याउने म पो उस्तो त ?अन्जानमै सुरेन्द्रले निधारतिर हात लग्यो।
तर के थाह पिपलबोट यति ठुलो छ ,अर्कोपट्टि छेलिएर पो बसेकी छ कि्? निधारमा पुगिसेकेको हातलाई चिउडोमा पुरयाएर सुरन्द्रले मुख मिठ्ठाउन पनि भ्यायो।
ल ठिक छ मलाई त धोका दिनसक्ली तर शनिबारको दिन पिपललाई त धोका दिन त ठुलो आट चाहिन्छ । पिपलका पातहरु झै उस्का सपनाहरु हरिया भरिला भए।उस्ले लगाईरहेको सर्टलाई पाइन्टमा घुसार्यो, हातले कपाल मिलाउदै पछाडि लग्यो,हल्का तल झरेको गगल्सलाई नाकको डाडिबाट आखामा पुर्याएर टमक्क पार्यो अनि अलि अलि अध्याँरो देखिएको खुड्किलामा जतनसाथ टेक्दै पिपलबोटको पेरिफेरीमा प्रबेश गर्यो।
शनिबार पिपलबोटमा पानी चढाउनेहरूले पिपललाई चाहिने भन्दा धेरै नै पानी चढाएका थिए।ओँभानो ठाँउ खोजेर टेक्न जुत्तालाई निकै सकस पर्यो।पिपलबोटमा उनिएका धागोहरू, चढाइएका नरिवलहरू, अरू त अरू रातो अबिर र पहेलो केशरीहरू कालो कालो देखिए।उसले गगल्सलाई टाउकोमा पुर्यायो,तिनिहरु बास्तवमा कालो थिएनन। तर उस्को मनको अध्यारो चाहि जस्ताको तस्तै रह्यो किनकी सातफेरा लगाउदा पनि सब्रिनाको उपस्थिति त्यहाँ थिएन।
“उभिउ कि बसैा ! कुरैा कि फर्कि जाउ! दोसाध दोसाधमा सुरेन्द्र उभिरह्यो।हातहरु पुर्ब पश्चिम दायाँ बायाँ कता कता पुगे उस्लाई हेक्का भएन।
“नआउनु नै थियो त मलाई किन बोलाएको होली .?”
पिपलबोटको कुनामा बसेको गन्हाउने बोका उस्को नजिकै आयो र लामो लामो दाह्रि हल्लाउदै गिजा देखाउन थाल्यो।सुरन्द्रलाई बोकाको नियत ठिक लागेन न उस्को गन्ध नै मन पर्यो तर ऊ गन्ध सुँघ्न मजबुर थियो ।
“हैट, बोका उता जा ” सुरेन्द्र च्याठियो तर सेतो दाह्रिवाल बोकाले उस्को कुरा सुन्दै सुनेन बरु सिंङ उझाएर उ तिर ढेपियो।
यत्तिकैमा एउटा चिनेको हाँसो पिपलबोट भरि फैलियो।
बोकासंग जोगिन खोज्दा गगल्स भैमा खस्यो।
बोका सुरेन्द्रलाई लल्कारी रहेको थियो त्यसमाथि परिचित हासो पनि थपियो।
दृश्य बदलियो तर तनाब बदलिएन।गगल्स त टिप्नै थियो ऊ गगल्स टिप्न निहुरियो।
“हैट, बोका उता जा ,कति हाँस्नु?”
फेरी भन त ।नारी आबाज पक्कै पनि सब्रिना कै हुनपर्छ।
यसरी यस्तो अबस्थामा सब्रिनासंग भेटहोला सुरेन्द्रले सोचेकै थिएन।उसका पाईन्टका मोताहरू पिपलको पानिसंग मिसिएर हिलाम्य भएका थिए ।सर्ट पनि सद्दे थिएनन,बोकाको सिङमा लागेको अबिर केसरी र मैलो टाँसिएको थियो।
“हे भगबान कस्तो तनाब आईलाग्यो!”
सुरेन्द्रको पहिलो डेटिङको किस्सा तनाबबाटै शुरू भएको थियो।
साच्चि एउटा कुरा भन त सुरेन्द्र “केटा मान्छे र बोकामा के फरक हुन्छ?
ह्या के सोध्या ,यस्तो उटपट्यांग प्रश्न ? तिम्रो दिमागमा नि बोकै घुम्या रैछ ? सुरेन्द्र प्रश्नबाट तर्किन खोज्यो?
“भन न भन्या ! केटा मान्छे र बोकामा के फरक हुन्छ ?” सब्रिनाले नारी शुलभ जिद्दी छोडिन।
सुरेन्द्रले उस्को प्रश्नको जबाफ तुरुन्तै दिन उचित ठानेन।यसपाला सुरेन्द्रले सब्रिनाको माथिल्लो भागतिर हे्र्यो। लाम्चो आँखा,गोलो अनुहार ,पुक्क गाला ,कोठी,पातलो ओठ केटी त भन्या जस्तै रैछे।बोकाको पिछा छुटाएर ऊ सब्रिना तिरै ढेपियो ।
पिपलबोटमा चढाएको मणिचुडको लड्डुहरु देख्दा उस्को मुख रसायो। मणिचुडको लड्डुहरु देखेर लोभिएका जिब्रोहरु हिस्स परे ।लड्डुहरुलाई च्याप्प समाएर क्वाप्प मुखमा हाल्न ईज्जतले दिएन ।
सुरेन्द्रले लड्डुवाट आँखा हटाएर फेरी सब्रिनातिर हेर्यो उन्को पातलो ओठ हास्दा झनै आकर्षक देखिएका थिए।उन्को लाम्चो आखामा नजाने कस्तो गहिराई थियो ,रहस्य थियो मुख भन्दा पनि धेरै उन्का आँखा र ओठ बोलिरहेका थिए।
“केटा मान्छे भनेको केटा मान्छे नै हो, बोका भनेको बोका नै हो ।बोकालाई बाख्रीले जन्माउछ, केटा मान्छेलाई तिमी जस्तो सुन्दरीले।”सुरेन्द्रले अलिक जिउ तन्काएरै जबाफ दियो।
बोका अलि परै पुगिसकेको थियो त्यसैले सुरेन्द्रको फुर्ति हेर्न लायककै भयो।
“हैट, मौका पाए भने केटा मान्छेले छोड्दा रहेनछन।”
“तिमीलाइ बोकाले लखेटेको देख्दा मैले हाँसो थाम्नै सकिन त्यसमाथि तिमी बोकालाई सम्झाउँदै थियौ।”लामो लामो श्वासलाई बिश्राम दिदै सब्रिना भन्दै थिई।
“हैट बोका उता जा “कति हाँस्नु,म त हासेरै मर्ने भए।
सुरेन्द्र भने उता जानु सट्टा सब्रिना तिरै ढेपियो।
“यति चाडै हामी यति नजिक हौला र यो पलबाट गुज्रियौला, कसम मैले सोचेकै थिईन।सुरेन्द्रले सब्रिनाको पुक्क गालामा चुक्क म्वाई खायो,सब्रिनाले आँखा चिम्लि दिई।सब्रिनाको सहमतिले सुरेन्द्र पुलकित भयो उस्ले अलिक टाउको उठायो र सब्रिनाको बन्द आँखाहरुमा पालै पालो म्वाई खायो।म्वाई खाँदै खाँदै उ निधारमा पुग्यो।फेरी आँखामा ,गालामा ,आोठमा,च्युउँडोमा सुरेन्द्र अघि बढिरह्यो।
“भयो बाबा भयो, पहिलो भेटमै यो भन्दा माथि नजाउ।सब्रिनाले छातितिर अगाडि बढिरहेका सुरेन्द्रको हातलाई च्याप्प समाई तर सुरन्द्रले हातलाई रोक् सकेन।सब्रिनाले हातलाई रोक्न पनि खोजिन अघि बढ्न पनि दिइन,एकछिन हातहरुको घर्षण भईरहयो।
“के हाम्रो मायाको अन्तिम बिन्दु यहि हो ?” सब्रिनाले सुरेन्द्रको कानमै भनि ।
सुरेन्द्र मुर्तवत भयो,उस्को हात जहाँको त्यहि रोकियो,बढिरहेका सासका गतिहरु धिमा भए।
ढक् !ढक्! ढक्! बाहिर ढोकाबाट आबाज आयो।
को?सब्रिनाले आँखा फट्टाई,सुरेन्द्र हडबडाएर सर्ट खोज्न थाल्यो।
उफ कस्तो तनाब?सुरेन्द्रको निधारभरि चिटचिट पसिना देखिए,उस्का नौ नाडी गलेर आए,अघि सम्मका रोमान्टिक मुडहरु सब बरफ झै चिसा भए।
को हो, किन होला ?सुरेन्द्र श्वासै श्वासले बोल्यो।
“पुलिस।”
बाहिरबाट चर्को स्वर आयो।छिटो ढोका खोल्नुस।
ढक्!ढक्!ढक्।ढोका बाहिरबाट आबाज आईरह्यो।
“पुलिस”
ढक! ढक !ढक ! भित्र सुरेन्द्रको मुटु फुट्ला जस्तै भयो,सब्रिना दौडेर बाथरुमतिर लागी बाथरुमको ढोकामा उस्का खुटाहरु ठोकिए।
तनाबको असर सुरेन्द्रमा पनि देखियो, उसको अनुहार गुजमुजियो।हातहरु ढिला भए, सर्टको बाहुला हातमा छिराउन निकै बेर लाग्यो।सुरन्द्रले बल्ल बल्ल हातभित्र बाहुला छिराएको थियो सर्टको टाकहरु नै भेटेन,हतार हतारमा उस्ले सर्ट नै उल्टो लगाएछ।
कोठाबाहिर मानिसहरुको चहलपहल बढ्दै थियो,धेरैको खुट्टाहरु भइमा लतारिएका थिए।चप्पल जुत्ताहरु मार्बलमा घिस्रिदा पनि सरक सरक आबाज आउदै थिए।होटलका बन्द ढोकाहरु घरक्क घरक्क खुल्दै गर्दा सुरन्द्रेको तनाब झनै बढे।
के गर्ने होला?कता जाने होला?कसरी जोगिने होला ? सुरेन्द्र गन्जि र अन्डरवेयरमा निरिह देखियो। कमरमा बेरिराखेको तौलियाले त साथ दिएन,भैमा झर्यो।
दोष सुरेन्द्रको थिएन,दोष सब्रिनाको पनि थिएन।जे भईरहेको थियो,एकदमै सहमति मै भईरहेको थियो राजि खुशीमै भईरहेको थियो।बत्तिस बर्षमा बत्तिस लक्षणले युक्त नारी पुरुष भेटिएका थिए जो पछि गएर जिबनसाथि या चिरस्थाई प्रेमि प्रेमिका हुनसक्थे।अरु कसैले या राज्यले टाउको दुखाउनु पर्ने आबश्यकता नै थिएन तर………………………….।
यो हालतमा
के गर्ने ?कता जाने?कस्लाई के भन्ने?
दोष कस्को ?………………………….?……………………..?
तनाबको लेखा जोखा नै थिएन।बाथरुमबाट सावरको आवाज आयो,सुरेन्द्र भने सावर बिना नै पसिनाले निथ्रुक्क भिजिसकेको थियो।
…………………………………………………………………………………………………………………………………………………………………………………………………………
“ऊफ यदि त्यो साच्चिकै पुलिस भैदिएको भए?”
त्यसपछिका हरेक साझ,बिहान र रातहरुमा सुरेन्द्र पसिनाले निथ्रुक्क भिजिरहेको हुन्छ।