Call Us

9849242474

Our Location

Putalisadak, KTM

चलचित्र ‘रिमै’को टिजर सार्वजनिक

चलचित्र ‘रिमै’को टिजर सार्वजनिक भएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिम्ल्स प्रालिको ब्यानरमा फिल्म निर्माण भएको रिमैको टिजरमा शिर्ष कलाकारको अभिनयलाई केन्द्रमा राख्दै सार्वजनिक भएको हो ।


भदौ २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतलाई अभिनय रहेको छ । सार्वजनिक टिजरमा दयाहाङ राई लाहुरेको भूमिकामा देखिएका छन् ।

खिलबहादुर गुरुङको निर्देशन रहेको यस चलचित्रमा ‘कबड्डी’ श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडी दोहोरिएको छ ।
गोरखाका पहाडी र हिमाली क्षेत्रको रहन सहनलाई चित्रण गरिएको चलचित्रको टिजरमा ग्रामिण कथालाई सजिव रुपमा चित्रण गरिएको छ ।

Share the Post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RELATED POSTS