लेखक: सोम बिक्रम सिंह
श्री पशुपति विकास कोषको भ्रष्टचारमा मुच्छिरहने एउटा रहस्यमय पात्रो छन् ति हुन्, सदस्य सचिव डा. मिलन थापा। जसले एउटा अनुत्तरित प्रश्नको उत्तर दिन अत्यावश्यक भएको छ। श्री पशुपति बिकाश कोषले संरक्षण गरेर पशुपतिनाथ को नक्शा राखेको थियो कि थिएन? थियो भने अहिले त्यो नक्शाको ब्लु प्रिन्ट छ कि छैन? परापूर्व कालमा नक्शा कस्तो तरिकाले बनाएर राखिने गर्थ्यो वा त्यस्तो प्राविधिक व्यवस्था थियो कि थिएन? पहिला नभए पनि त्यसलाई पछिल्लो समयमा नक्शा बनाई सुरक्षित रूपले राखेको कुनै अभिलेख छ कि छैन?
श्री पशुपतिनाथ को नक्शा चोरी भएर राहुलेश्वर भन्ने सेतै कपाल फुल्या व्यक्ति जसले आफैलाई गुरू गोरखनाथ को अवतार भनेर शिवसेना पार्टी का सर्वोच्च गुरू भएर बसेका थिए, जस्को हातमा नक्शा पुगेको शिवसेना पार्टी भित्र हल्ला चलेको थियो। ती तथाकथित गोरखनाथ गुरूले श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिर बिक्रम शाह देव सरकार समक्ष सन् २०१८ सालमा राजसंस्था फर्केन भने म समाधि लिन्छु भनेर बिन्ति जाहेरी गरेका थिए। तर आज सन् २०२५ साल सम्म पनि यिनले समाधि लिएको अत्तोपत्तो भएन तर ईण्डिया मा यिनको संरक्षण मा पशुपतिनाथ को रेप्लिका बन्दै छ भन्ने व्यापक चर्चा भयो र समाचार पनि छापिएको थियो। तर सन्दर्भ यिनले समाधि लिए कि लिएन भन्दा पनि पशुपतिनाथ को नक्शा यिनको हातमा पुगेको वा नपुगेको भन्ने रहस्योउद्घाटन हुनू जरूरी हो। यो नक्शा को रहस्य यिनै डा. मिलन थापा भन्ने बाट खुल्ने छ भन्ने वैदिक सनातनी अभियन्ताहरूको एकमत देखिन्छ।
सदस्य सचिवमा नियुक्ति चानचुने व्यक्ति त्यसै भईँदैन र त्यहि माथि गह्रुँगो ब्रिफकेस नबुझाई भईदैन र त्यो जुटाउन को लागि अनेक तिगडम गर्न पर्छ भन्ने भ्रष्ट्रचारी, बिदेशीको दास र दलाल हरूको शासन प्रणाली मा कुनै नौलो विषय होइन। विवादित सदस्य सचिव थापा पहिला शिवसेना नेपालमा केन्द्र स्तरको नेता थिए। व्यबस्था बिरोधी उनि यो व्यबस्थामा तर चाख्ने महा भाग्यमानी हुन पुगे। शिवसेना नेपाल पनि राजसंस्था सहितको हिन्दु अधिराज्य पक्षधर र गणतान्त्रिक व्यबस्था बिरोधी पार्टी हो। तर मिलन थापा यहि व्यवस्था अनुरूपको सदस्य सचिव जस्तो गरिमामय स्थानमा रहस्यमय ढङ्गबाट नियुक्ति पाएका भाग्यमानी व्यक्ति हुन्। सन् २०२३ साल नोभेम्बर ताका श्री पशुपतिनाथ विकास कोषले ईण्डिया को उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्विकृति नदिएको भन्ने सफाई दिंदै हिंडेको थियो।
एकजना शिवसेनाको केन्द्रीय स्तरका पुर्व नेतासँग को भेटले फेरि खुल्दुली तुलायो, खासमा के हो त रहस्य? तत्कालिन समयमा राहुलेश्वरले छ महिना सम्म नेपाल नफर्किने र कुनै नेपालीलाई चेला नबनाउने र पशुपतिनाथ मन्दिर नबनाउने भन्ने बाचा गरेका थिए रे। पाशुपत क्षेत्रमा शिवसेना नेपालको क्याम्पमा राहुलेश्वरलाई राखेर गोप्य रूपले केरकार गर्दा, उनले यो कुरा स्विकारेको भन्ने कुरा पुर्वबत शिवसेना नेताले जानकारी दिए। तर उनले आफ्नो निजी कुरा शिवसेना नेपालसँग बिषयगत रूपमा तालमेल नमिलेर शिवसेना र गुरू राहुलेश्वरलाई बदनाम मात्रै गर्नको लागि बिषय उठान गरे होला त? यो बिषय केहि बर्ष अगाडि उठ्दा पनि समाजिक सञ्जालमा एक आपसलाई तथानाम गाली गलौज गर्दै धाम्किपुर्ण भाषा प्रयोग गरेर उत्रि सकेको बिषय हो।
तत्कालिन समयमा श्री पशुपतिनाथ मन्दिर को नक्शा बारे व्यापक बहस उठ्यो र खोजिनिती गर्दा शिवसेनाको केन्द्रीय स्तरका नेताले श्री पशुपतिनाथको नक्शा नभई अर्कै मन्दिर महा-मण्डलेश्वर को हो भनेर जवाफ दिएको थियो। अझै भन्ने हो भने बिश्वभर श्री पशुपतिनाथ को मन्दिर बन्यो भने बिश्वभर शिवको महिमा हुन्छ भन्ने कुतर्क सम्म गर्न भ्याएका थिए। सो समयमा नक्शा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहुलेश्वरलाई दिन केहि केन्द्रीय स्तरका शिव सेना नेताहरू गएको र त्यहि व्यक्ति हरुले के को कागजपत्र हो भनि सशङ्कित भएर सोधपुछ गर्दा व्यापक हल्ला चलेको यो एक कान दुई कान मैदान भएको थियो। भारतका चिफ अफ डिफेन्स स्टाफ स्व. बिपिन रावतको पुर्ख्यौली गाउँ उत्तराखण्डको सैणमा सो मन्दिर निर्माण हुने भन्ने समाचार वि.सं. २०८०_८१ सालमा छापाखाना द्वारा प्रकाशित भएको थियो। यसका लागि श्री पशुपति विकास कोषले शालिग्रामबाट बनेको शिवलिङ्ग उपहार दिने भन्ने व्यापक चर्चा पनि चल्यो। बुद्ध जन्मेको ठाउँ लुम्बिनीको पनि ईण्डिया ले रेप्लिका बनाएर बसेको छ।
पशुपतिनाथको पनि रेप्लिका बनाएपछि श्री पशुपतिनाथ को महिमा र गरिमा रहला र ? हामी पशूपतीको सेना हो नेपालमा जन्मने प्रत्येक व्यक्ति पशुपति कै सेना हो भनेर दावी गर्ने शिवसेना नेपाल यति गैर जिम्मेवारी र राष्ट्रघाती तथा देशद्रोही भएर धर्म र जनतालाई घात गर्ला भन्ने विश्वास गर्न सकिन्न। तर नक्शा काण्डमा क-कसको संलग्नता थियो? यो काण्ड बदनाम गर्न फैलाईएको बिषय हो वा कुनै न कुनै रूपमा सत्यता छ, यो काण्डको रहस्योद्घाटन हुन जरूरी छ। जय कर्मनिष्ठ। ॐ जय श्री शिव गोरख।