नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) विरुद्ध नेपाल भ्यालुयर्स एसोसियसन (एनभिए)ले गरेको आन्दोलनमा विभिन्न १४ ओटा संस्थाहरूले समर्थन गरेका छन् ।
एनआइएमबी बैंकले भ्यालुयर्सहरूलाई धेरै दुख दिएको भन्दै भ्यालुयर्स एसोसियसन आन्दोलनमा छन् ।
सोमबार नेपाल बैंकर्स संघ र नेपाल राष्ट्र बैंकलाई पत्र बुझाउने तयारी रहेको नेपाल भ्यालुयर्स एसोसियसनका सचिव रविन्द्र घिमिरेले बताए । राष्ट्र बैंकले ल्याएको मस्यौदा कार्यान्वयन गराउनको लागि पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए ।
उनका अनुसार यहि साउन २३ गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रदेश कार्यालय र भ्यालुयर्स एसोसियसनकाे शाखा भएको ठाउँहरूमा बैंकको शाखा भएकोमा धर्ना दिने तयारी छ ।
आन्दोलनलाई समर्थन गर्दै १४ ओटा संस्थाहरुले समर्थन गरेका छन् । आन्दोनलाई समर्थन गर्ने संस्थाहरूमा नेपाल इन्जिनियर्स एसोसियसन, सोसाइटी अफ कन्सल्टिङ आर्चिटेक्टियल एण्ड इन्जिनियरिङ फर्मस्, सोसाइटी आफ नेप्लिज आर्चिटेक्टस्, सोसाइटी अफ मेकानिकल इन्जिनियर्स नेपाल छन् ।
